सुकुम्बासी पुर्नस्थापनको विरोघमा ललितपुर बन्द

७ श्रावण २०६९, आईतवार ११:३१ मा प्रकाशित

ललितपुर, ७ साउन । ललितपुरको सुन्दरीघाटमा सुकुम्वासी बस्ती बसाल्ने योजनाको विरोधमा आज ललितपुर बन्द गरिएको छ ।

सरकारले अस्थायी टहरा बनाएर सुन्दरीघाटमा सुकुम्वासी राख्ने योजना ल्याएपछि स्थानीयवासीले त्यसको विरोधमा आजदेखि तीनदिने ललितपुर बन्दको घोषणा गरेका हुन् ।

बन्दका क्रममा आन्दोलनकारीले बल्खुमा दुईवटा गाडी तोडफोड गरेका छन् भने प्रहरीले धोबिघाट क्षेत्रबाट केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

सङ्घर्ष समितिका सिमु बस्नेतले प्रहरीले ठूलो सङ्ख्यामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको दाबी गरेका छन् । आज जिल्लाका केही शिक्षण संस्था खुले पनि मुख्य बजार र पसल बन्द छन् भने फाट्टफुट्टमात्र सवारीसाधन चलेको ललितपुर प्रहरीले जनाएको छ ।

सरकारले सुन्दरीघाटमा ४० वटा अस्थायी टहरा बनाएर थापाथलीबाट हटाइएका सुकुम्वासीलाई अस्थायी विकल्पका रूपमा राख्ने तयारी गरेपछि सोको विरुद्धमा स्थानीयवासी आन्दोलित भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान