संविधानसभा पुनस्र्थापन र एक मधेस प्रदेश सम्भव नभएको खनालको भनाई

७ श्रावण २०६९, आईतवार ०९:३३ मा प्रकाशित


काठमाडौं, ७ साउन । प्रधानमन्त्री पदमा बाबुराम भट्टराई रहुन्जेलसम्म दलहरुबीच कुनै पनि विषयमा सहमति बन्न नसक्ने दाबी नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गर्नुभएको छ । एक अन्तर्वार्तामा अध्यक्ष खनालले एमालेले प्रधानमन्त्रीलाई बहिस्कार गरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले बोलाएका कुनै पनि बैठकमा एमाले सहभागी नहुने जानकारी गराउनुभयो । सरकारले तोकेको मंसिर ७ को चुनाव कुनै हालतमा हुन नसक्ने बताउंदै उहांले एमाले र कांग्रेसको सहभागिताविना संविधानसभाको निर्वाचन गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती पनि दिनु भयो । संविधानसभा वा संसद जुन सुकै निर्वाचनमा जान एमाले तयार रहे पनि अहिलेको सरकारले गर्ने निर्वाचनमा भने सहभागी नहुने अध्यक्ष खनालको स्पष्टोक्ति थियो । संविधानसभाको पुर्नस्थापना पनि कुनै हालतमा सम्भव नरहेको धारणा एमाले अध्यक्षले सार्वजनिक गर्नुभयो । माओवादीको लहलहैमा लागेर एमालेभित्रका जनजाती नेताहरु जातीय राज्यको पक्षमा लागेको आरोप लगाउंदै खनालले जती सुकै विद्रोहको धम्की दिए पनि एमाले एकलजातीय पहिचानको पक्षमा नउभिने दृढता प्रकट गर्दै जूतोसुकै शक्तिको चाहना भए पनि नेपालमा एक मधेस प्रदेश गठन नहुने जिकीर गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार