चीनद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध तत्काल नहटाउने प्रतिवद्धता: अमेरिकी विदेशमन्त्री

३१ जेष्ठ २०७५, बिहीबार २२:१४ मा प्रकाशित

बेइजिङ, चीन, ३१ जेठ (एएफपी) । चीनले संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियाविरुद्ध घोषणा गरेको आर्थिक नाकाबन्दीलाई कोरियाली प्रायद्वीप आणविकरूपले निशस्त्रीकरण नहुँदासम्म कायम राख्ने प्रतिबद्धतालाई दोहोराएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताउनुभएको छ ।

मङ्गलबार अमेरिकी राष्ट्रपति किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भएको ऐतिहासिक शिखर सम्मेलनपछि यदि प्योङयाङले आफ्ना प्रतिवद्धतालाई पूरा गरेमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले प्रतिबन्धलाई विचार गर्नुपर्र्ने पनि बताएको छ ।

बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीलगायतका अधिकारीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अमेरिकी विदेशमन्त्रीले बिहीबार भन्नुभयो, “चीनले राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावलाई सम्मान गर्ने आफ्नो पूर्व प्रतिवद्धतालाई दोहो¥याउनुभयो ।”

अमेरिकी विदेशमन्त्रीले भन्नुभयो, हामीले प्रष्ट गरेका छौँ कि प्रतिबन्ध र कोरियाले पाउने आर्थिक राहतलाई कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गरेपछि व्यवस्था गर्नेछौँ ।

बेइजिङ प्योङयाङको एक मात्र प्रमुख सहयोगी र प्रमुख ब्यापारिक साझेदार मुलुक हो । यद्यपि उत्तर कोरियाले निरन्तर आणविक परीक्षण गरेपछि राष्ट्रसंघद्वारा लगाइएको प्रतिबन्धमा भने चीन विश्व समुदायको निर्णयसँगै प्रतिबन्धको पक्षमा उभिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले