तीनदिने ललितपुर बन्दको पहिलो दिन ललितपुर ठप्प

७ श्रावण २०६९, आईतवार ०८:५७ मा प्रकाशित

काठमाडौ, ७ साउन । थापाथलीमा नदी किनारका सुकुम्बासीलार्इ ललितपुरको सुन्दरीघाटमा सार्ने सरकारी तयारीको विरोध गर्दै आएका स्थानीयबासीले तीनदिन ललितपुर बन्दकोको घोषणा गरेका छन् । सो बन्दका कारण आज ललितपुर ठप्प छ भने विहानै बन्दकर्ता र प्रहरीबिच सुन्दरीघाटमा झडप भएको छ । बन्द खुलाउन प्रहरीले गरेको प्रयासका क्रममा झण्डै ३ दर्जन भन्दा बढि बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
मल पोखरी बनाउन भन्दै अधिग्रहण गरिएको जग्गामा सुकुम्बासी राख्न नदिने मलपोखरी संघर्ष समितिका संयोजक सूर्यमान महर्जनले जानकारी दिए । सरकारले सुन्दरीघाटमा टहरा बनाएपनि स्थानीयको विरोधपछि सुकुम्बासी सार्न सकेको छैन । तथापि सुकुम्बासीलाई त्यहां जसरी पनि सार्ने अडानमा सरकार रहेको छ भने कुनै हालतमा बस्न नदिने स्थानीयवासीको प्रयास देखिन्छ । अरु मुद्दामा बिभाजित हुने राजनीतिक दलहरु यस मामलामा एकमत देखिएका छन् भने सरकारको यस कदमको विरोधका लागि गठित स्थानीय संघर्ष समितिको अगुवाई नै माओवादीले गरेको छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर