महल छाडेर झुपडी खोज्दै दाहाल

७ श्रावण २०६९, आईतवार ०९:०० मा प्रकाशित


काठमाडौं, ७ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाजिम्पाटस्थित महंगो महल छाडेर भुपडीमा बस्ने भएका छन् । सातौ विस्तारित बैठकमा पार्टी आफ्नो जीवनशैली महंगो र अत्यन्तै भड्किलो भएको भन्दै सहभागिहरुले चर्को आलोचना गरेपछि अध्यक्ष दाहालले यस्तो निर्णय गरेका हुन् । स्रोतका अनुसार उनले झुपडी खोज्न आफ्ना सहयोगीहरु भनेका छन् ।
विस्तारित बैठकका प्रचारप्रसार संयोजक विश्वभक्त दुललले भने, ‘अध्यक्ष कमरेडले हाल चढ्दै आउनु भएको महंगो गाडी छाड्ने र लाजिम्पार्टस्थित बस्दै घर पनि छोड्ने बताउनु भएको छ ।’  दुलालका दाहालले सरकारी सुविधा भने छाड्ने छैनन् । उनले भने, ‘पूर्व प्रधानमन्त्रीलाई सरकारले दिने सुविधा उहॉदे उपयोग गर्नुहुनेछ ।’
नया“ बजारस्थित पुरानो निवास साँघुरो भएको भन्दै गत माघ ५ गते दाहालले लाजिम्पाटस्थित रातो रंगको आलिसान महलमा सरेका थिए । एमाओवादी शान्ति प्रक्रियामा आएपछि दाहाल नया“बजारस्थित निवासमै बस्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार