शिविरमा ३३० जनाको आँखा जाँच

२७ जेष्ठ २०७५, आईतवार ०७:५३ मा प्रकाशित

 

कञ्चनपुर, २७ जेठ (रासस) ः कञ्चनपुरको बेलौरीमा सञ्चालित आँखा शिविरमा ३३० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । बेलौरी नगरपालिकाको आर्थिक सहयोग र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा जनजागरण नेपालले शनिबार आयोजना गरेको शिविरमा महिला १८७ र पुरुष १४३ गरी जम्मा ३३० जनाले आँखा जाँच गराएका हुन् ।

शिविरमा आँखा जाँच लागि पुगेका ७३ जनाको निःशुल्क शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा सिफारिश गरिएको जनजागरण नेपालका सल्लाहकार गोविन्दप्रसाद भट्टले बताउनुभयो । शल्यक्रियाका लागि सिफारिश गरिएकामध्ये ७१ मोतिविन्दु र दुई जनामा जलविन्दु देखिएको छ । आँखा शिविरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले शुभारम्भ गर्नुभयो ।

शिविरमा उपस्थित अधिकांश बिरामीले गाउँघरमै सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । शिविरमा गेटा आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत एवं बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टलगायत प्राविधिकको टोलीले सेवा प्रदान गरेका थिए ।
–––

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६