चीनमा वैदेशिक लगानी घट्यो

६ श्रावण २०६९, शनिबार २२:१२ मा प्रकाशित

बेइजिङ, ६ साउन । चीनमा जुन महिनामा प्रत्यक्ष विदेशी लगानीमा ह्रास आएको समाचारमा जनाइएको छ । आर्थिक सुस्तताले कम्पनीहरूको रुचिलाई घटाएसँगै लगानीमा कमी आएको बताइएको छ ।

युरो क्षेत्रमा विगत वर्षदिनभन्दा लामो समयदेखि जारी रहेको आर्थिक मन्दीका समयमा चीनमा पनि एक वर्ष अघिको तुलनामा वैदेशिक लगानी छ दशमलव नौ प्रतिशतले घटेर १२ अर्ब डलर भएको आँकडाले देखाएको छ ।

यस वर्षको पहिलो छ महिनाका लागि विदेशी लगानी एक वर्ष अघिको सोही अवधिको तुलनामा तीन प्रतिशतले घटेर ५९ अर्ब १० करोड डलर भएको वाणिज्य मन्त्रालयले जनाएको छ ।

यस वर्षको दोस्रो त्रैमासिकमा पछिल्लो तीन वर्षको अवधिमा चिनियाँ अर्थतन्त्रमा सबैभन्दा सुस्त गतिले वृद्धि भएको छ । प्रधानमन्त्री वेन जियाबाओले चीनले पनि आर्थिक आँकडाहरूको घट्दो अवस्थाको सामना गरिरहेको बताउनुभएको छ ।

विश्वको आर्थिक सुधारको गति अभैm पनि सुस्त नै रहेको र धेरै अनिश्चितताहरू जारी नै रेहकाले चीनको अर्थतन्त्रलाई पनि धक्का दिएको सो मन्त्रालयका प्रवक्ता सेन दानयाङले बताउनुभयो ।

विशेषगरी युरोपेली ऋण सङ्कट अभैm पनि समाधान हुननसकेको र चिनियाँ उत्पादनको लागतमा भएको वृद्धि र सम्पत्ति नीतिमा गरिएको कडाइले पनि विदेशी लगानी घट्नमा योगदान पु¥याएकोे बताइएको छ ।

हालैका महिनाहरूमा सम्पत्ति बजारमा हुने अडकलका गतिविधिहरूलाई रोक्ने प्रयासका लागि बेइजिङले नियन्त्रणकारी कदमहरूको कार्यान्वयन गरेको छ ।

वाणिज्य मन्त्रालयले युरोपेली युनियनबाट हुने प्रत्यक्ष वैदेशिक लगानी यस वर्षको पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक दशमलव छ प्रतिशतले बढेर तीन अर्ब ५० करोड डलर भएको बताएको छ ।

जापान र फिलिपिन्सका साथै एसियाका १० मुलुकबाट चीनमा हुने लगानी घटेर दुई दशमलव आठ प्रतिशत भएको बताइएको छ । यसैगरी चीनमा अमेरिकाबाट हुने लगानी पनि अत्यधिक मात्रामा घटेको जानकारी गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ । अन्य अस्पतालहरुमा

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड