अध्यादेश जारी गर्नु मुलुक र लोकतन्त्रकोलागी घातकः राष्ट्रपति

६ श्रावण २०६९, शनिबार २२:०२ मा प्रकाशित

बुटवल, ६ साउन । राष्ट्रपति डा. रामवरण यादवले हरेक निर्णय अध्यादेशबाट लागू गरिनु  मुलुक र लोकतन्त्रविरुद्ध हुने भन्दै बारम्बार अध्यादेश ल्याउने कुरा संविधान अनुकूल नहुने समेत स्पष्ट पार्नु भएको छ ।

उहाँले भन्नुभयो, “बारम्बार अध्यादेश ल्याउने कुरा संविधान अनुकूल होइन, छिट्टै प्रधानमन्त्रीले निकास निकाल्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

कोरिया– नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी (प्राविधिक शिक्षालय) को आज एक समारोहबीच उद्घाटन गर्दै राष्ट्रपतिले त्यस्तो धारणा राख्नु भएको हो । गणतान्त्रिक कोरिया सरकारको सहयोगमा बुटवल नगरपालिका–१४ मा स्थापना गरिएको यो शिक्षालयको राष्ट्रपति डा. यादवले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले प्राविधिक शिक्षालय राष्ट्र विकासको मेरुदण्ड भएको बताउँदै  विकास निर्माणका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षा पद्धति लागू गर्नु जरुरी छ भन्नुभयो ।
उहाँले राजनीतिक शक्तिले दलगत स्वार्थ छाडेर राष्ट्रिय हितमा सोच्नुपर्ने बेला आएको बताउँदै भन्नुभयो, “व्यक्ति र पार्टी भन्दा देश ठूलो हो ।”

उहाँले लोकतान्त्रिक व्यवस्थामा संसदबिनाको सरकार बलियो हुन नसक्ने बताउँदै मुलुकको अहिलेको समस्या समाधानमा सरकारका तर्फबाट प्रधानमन्त्रीले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुुभयो ।

राष्ट्रपति डा. यादवले भन्नुभयो, “सहमतिका लागि अब धेरै ढिला गर्नु हुँदैन, पछि नपछुताऔं ।”

उहाँले संविधानसभाले ९० प्रतिशत काम सकेर पनि संविधान जारी गर्न नसक्नु नेपाल र नेपालीका लागि दुःखद भएको बताउँदै सरकार, संविधानसभा र राजनीतिक नेतृत्वकै भूलका कारण यस्तो परिस्थिति आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले पनि कतै अभिभावकको रुपमा समन्वय गर्न सकिनँ की, यसको मूल्याङ्कन इतिहासले गर्ला ।”

उहाँले यस्ता शिक्षालयले प्राविधिक जनशक्ति उत्पादन गर्नमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा