चौथो पटक माओवादीद्धारा महाधिवेशनको फेरि घोषणा

६ श्रावण २०६९, शनिबार २१:५८ मा प्रकाशित


शशी कोइराला, काठमाडौ, ६ साउन । महाधिवेशन विना एकलौटी राजगर्दै आएकै कारण पछिल्लो समय पार्टी समेत विभाजन भएपछि फेरि माओवादीले महाधिवेशनको घोषणा गरेको छ । २५ वर्षपछि एकीकृत नेकपा माओवादीले फेरी एक पटक पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । माओवादीको राजधानीमा शनिवार सकिएको विस्तारित बैठकले आगामि माघ महिनामा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि पनि माओवादीले महाधिवेशनको मिति पटक–पटक घोषणा गर्दै स्थगित गर्दै आएको थियो ।

महाधिवेशन घोषण सँगै बैठकले वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण समेत गरेको छ । त्यसैगरी पार्टीको कामकारवाहीलाई अगाडि बढाउने अध्यक्ष, उपाध्यक्ष र सचिव रहेको केन्द्रीय कार्यालय समेत गठन गर्ने निर्णय गरेको छ ।

महाधिवेशन आयोजक समिति महिला, दलित, मुस्लिम, मधेसी, उत्पीडित क्षेत्र र बरिष्ठ नेताहरुलाई थपेर समावेशी बनाईने माओवादीले जनाएको छ । त्यसैगरी अहिलेको माओवादीको क्षेत्रीय, जिल्ला र राज्य समितिहरुलाई पनि महाधिवेश आयोजक समितिमा रुपान्तरण गरेको छ ।
बैठकले पार्टी भित्रको एकतालाई सुदृढ बनाउ अध्यक्ष र उपाध्यक्षको सचिवालयमा रहेका पदाधिकारी र कर्मचारीहरुलाई एक अर्कामा सरुवा गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी सवै राज्य समितिका ईञ्चार्ज, सह ईञ्चार्ज र सेक्रेटरीहरुको सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी नेताहरुको जिवन शैली बदलिएको भन्दै त्यसको छानविन गर्न एक समिति गठन गर्ने, केन्द्रमा लेखा र आर्थिक समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमै माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो लाजिम्पाट दरवार त्याग गर्ने घोषणा गरेका थिए । उनले राज्यका तर्फबाट उपलब्ध हुने सुविधामै आफ्नो जिवन गुजारा गर्ने घोषणा समेत गरेका थिए । उनले पजेर गाडि समेत त्याग्ने घोषणा गरेका थिए । नेताहरुको जीवन शैली सर्वहारा शैलीको हुन नसकेको भन्दै बैठकमा आलोचना भए पछि प्रचण्डले त्यस्तो घोषणा गरेका हुन ।

विस्तारित बैठकले घनश्याम ढकाललाई साँस्कृतिक सहिद घोषणा गर्ने र घनश्याम ढकाल स्मृति प्रतिष्ठान बनाउने निर्णय गरेको छ । ०६९ साउन १ देखि ६ गतेको विस्तारित बैठकमा आउने क्रममा निधन भएकालाई पनि सहिद घोषणा गर्ने माओवादीको निर्णय छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार