कांग्रेसले राजनीतिक सङ्कटको निकास दिन्छ : कोइराला

६ श्रावण २०६९, शनिबार १८:४४ मा प्रकाशित

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बिपीको राष्ट्रिय एकता, मेलमिलाप र सहकार्यको बाटोबाट अहिलेको राजनीतिक सङ्कटको निकास कांग्रेसले नै दिने बताएका छन् ।
बिपी स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ को आयोजनामा राजधानीमा मङ्गलादेवी स्मृति भवनको उद्घाटन तथा वृक्षरोपण कार्यक्रममा सभापति कोइरालाले एउटा कुरा बोल्ने र अर्को काम गर्ने दोधारे प्रवृत्ति त्याग्न माओवादी नेताहरूलाई आग्रह गरे ।
‘अरुलाई मूर्ख बनाउने र धोखा दिने काम छोडनुस्, मुखले जे बोलेको हो सबैले विश्वास गर्ने गरी त्यसलाई व्यवहारमा लागु गर्नुस्,’ सभापति कोइरालाले भने । शान्ति, संविधान र राजनीतिक सङ्कटको निकासका लागि सबै दल सहमतिमा आउनुको विकल्प नभएको दोहो¥याउँदै सभापति कोइरालाले काँग्रेसले वार्ता र सङ्घर्षका कार्यक्रमलाई एकसाथ लिएर अघि बढेको बताए ।
महामन्त्री कृष्ण सिटौलाले काँग्रेसले आफ्नो स्पष्ट दृष्टिकोणका साथ शान्ति, संविधान र राजनीतिक सङ्कटको निकास छिट्टै दिने बताए । ‘सरकारले गरेको निर्वाचनको घोषणा संविधानसभा भङ्ग गरेर सत्ता लम्बाउने अभिप्रायले भएको हो तर यसमा माओवादी अहिले आफैँ फसेको छ, अडकेको राजनीतिलाई काँग्रेसले गति दिन्छ,’ महामन्त्री सिटौलाले भने ।
केन्द्रीय सदस्य नरहरि आचार्यले चुनाव गर्ने मनसाय भएको भए सबैसँग परामर्श हुन्थ्यो तर नगर्ने अभिप्रायले सरकारले चुनाव घोषणा गरेको हो भन्दै सानो सङ्ख्याको संरचनामा संविधानसभा र संसदको बेग्लाबेग्लै निकाय रहने गरी चुनाव गर्न उपयुक्त हुने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका