युगल जोडी नदीमा फालहाने

६ श्रावण २०६९, शनिबार १८:४९ मा प्रकाशित


काठमाडौं, ६ साउन । काठमाडौं महानगरपालिका–२९ गोंगबु मित्रनगरस्थित एक रेष्टुरेन्टबाट प्रहरीले दुई युवालाई अवैध हतियारसहित पक्राउ गरेको छ । कपिलबस्तु, चन्द्रौटाका हिराबहादुर क्षेत्रीले संचालन गरेको ‘दाङ–तुलसीपुर खाजाघर’बाट रुकुम खलंगा–५ का २३ वर्षीय नवीन बिक र तनहुं थप्रिक–५ का ३७ वर्षीय तेजबहादुर गुरुङ पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले इटालीमा बनेको पेस्तोल, त्यसको चार राउण्ड गोली र म्यागजिन २ थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, सिटिइभिटिले लिएको डिप्लोमा तहका विभिन्न संकायको छात्रवृत्ति प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिने भक्तपुर सुर्यबिनायकका १७ वर्षीय जित अवाल, बांके नेपालगंजका १८ वर्षीय सोदिप सापकोटा, तनहुंका २० वर्षीय किरण खड्का, जुम्लाका १७ वर्षीय धनसिंह सुनार, गोरखा खोप्लाङका १८ वर्षीय मनिष श्रेष्ठ र सर्लाहीका १९ वर्षीय सुग्रक बुढाथोकीलाई बानेश्वर क्याम्पस शान्तिनगरबाटे प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच गैंडाकोट–१ स्थित नारायणी नदीमा हामफालेर चितवन भरतपुर नगरपालिका–६ निवासी २० वर्षीया संगम कुँवर र परिचय नखुलेका एक युवक वेपत्ता भएका छन् । हिजो सांझको उक्त घटनालगत्तै घटनास्थलमा ना.१० प ४८२४ नम्बरको मोटरसाइकल, कालो झोला र संगम कुंवरको नागरिकता फेला परेको छ । निजहरु प्रेमसम्बन्धमा रहेका र कुनै व्यवधान आइपरेका कारण संगै आत्महत्या गरेका हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ