नुवाकोट गोल्डकप: नुवाकोटद्वारा फ्रेण्डस ५–० ले पराजित

१९ जेष्ठ २०७५, शनिबार २३:१६ मा प्रकाशित

नुवाकोट, १९ जेठ । नुवाकोटमा जारी रहेको ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा आज घरेलु टोली नुवाकोटले फ्रेण्डस क्लब काठमाडौलाई ५–० गोल अन्तरले हराएको छ ।

बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले बलियो प्रतिद्वन्द्वी फ्रेण्डस क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नुवाकोट टोलीले खेलको पहिलो हाफको ३३ मिनेटमा कप्तान राजकुमार कुमालले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको थियो । थप चार गोलहरु खेलको दोस्रो हाफको ४८ मिनेटमा भिक्टर अमुबी, ५५ औँ र ५९ औँ मिनेटमा अमिर श्रेष्ठ र ६९ मिनेटमा विकेश लामाले थपेपछि घरेलु टोली नुवाकोटको जित फराकिलो अन्तरले भएको हो ।

यसवर्ष मात्र स्थापित भएको नुवाकोट–११ टोलीले यसअघि पहिलो खेलमा चितवन–११ लाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको थियो भने फ्रेण्डस क्बल लिग चरणको पहिलो खेलमा नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बिजेतालाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार दिइनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा