यूवा संघले प्रधानमन्त्री हटाउने आन्दोलन सुरु गर्ने

६ श्रावण २०६९, शनिबार १८:२० मा प्रकाशित


काठमाडौं, ६ साउन । प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई हटाउने निर्णयक आन्दोलनको तयारीमा विपक्षी दलहरु पछिपरेको अनुभूति गर्दै नेकपा एमालेनिकट यूवा संघ नेपालले डा. भट्टराईलाई पदच्यूत गर्न भीषण आन्दोलन थाल्ने उद्घोष गरेको छ । संघका अध्यक्ष महेश बस्नेतले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यूवा संघ आन्दोलनको आन्तरिक तयारीमा जुटेको जानकारी दिंदै केही दिनमै भीषण आन्दोलन सुरु हुने दाबी गरे ।
भष्मासुर प्रवृत्तिका माओवादी नेताहरुको हातमा मुलुक परेकोले मुलुकमा लोकतन्त्र नै खतरामा परेको उल्लेख गर्दै बस्नेतले आन्दोलनको तयारीको लागि संघले भोली ७ र पर्सीि ८ गते राजधानीमा दोस्रो राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको बताए । सो भेलाको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने र भेलाले परिवर्तित राजनीतिक परिस्थिति, पार्टीले लिएको नीति, आन्दोलन तथा यूवा संघको नयां कार्ययोजना निर्माण गरिने बस्नेतले जानकारी दिए । उनले एमालेबाट केही जनजाती र मधेसी नेताहरु निस्कंदैमा केही फरक नपर्ने भन्दै उनीहरुलाई पार्टीले जिम्मेवारीबाट हटाउन गरेको निर्णयको स्वागत पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा