काँग्रेस बचाउने हो भने सबै तहको समिति विघटन गर्न नेता गुरुङको सुझाव

१८ जेष्ठ २०७५, शुक्रबार २१:२० मा प्रकाशित

काठमाडौँ, १८ जेठ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीलाई वर्तमान गम्भीर अवस्थाबाट बचाउन जुनसुकै जिम्मेवारीका साथ पार्टी सञ्चालन गर्ने प्रण गर्नुभएको छ ।

नेता गुरुङले आज यहाँ पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै काँग्रेस गुटमा मात्र रुमलिइरहे विलीन भएर जाने चिन्ता व्यक्त गर्नुभयो । पार्टी नेतृत्वको कार्यशैलीका कारण काँग्रेसका कार्यकर्ताको गला अवरुद्ध भएको, पुराना काँग्रेस नेताहरुमा निराशा आएको र तरुण पुस्तामा विद्रोहको भावना आएको आफूले महसुश गरेको बताउनुभयो । अहिले नेपाली काँग्रेसले आफ्नो स्थापनाकालीन नीति र सिद्धान्त एवम् जननायक बी.पी. कोइरालाले अवलम्बन गर्नुभएको विचार र चिन्तनलाई छोडेको कारण पार्टी आजको दयनीय अवस्थामा पुगेको उहाँको धारणा थियो ।

निर्वाचनमा भएको पराजयको सम्पूर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्दीय कार्यसमिति र यसको नेतृत्वले लिनुपर्ने उहाँको विचार थियो । नेता गुरुङले नयाँ संविधानअनुसार काँग्रेसको विधानमा समयानुकूल परिमार्जन गरी, सबै तहका समितिलाई विघटन गरी, तदर्थ समिति बनाई सबै तहको अधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गरी नयाँ नेतृत्वको चयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो

काठमाडौं । नेपाल कम्युनिष्ट विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । विप्लव समूहसँग वार्ता सुरु

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले