प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता शुरु

१७ जेष्ठ २०७५, बिहीबार २३:०९ मा प्रकाशित

नुवाकोट, १७ जेठ। आजदेखि शुरु भएको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा घरेलु टोली नुवाकोट विजयी भएको छ ।

बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले चितवन–११ लाई १–० गोल अन्तरले हराएको हो । नुवाकोटलाई विजयी गराउन खेलको पहिलो हाफको २८ औँ मिनेटमा उचित लामाले गरेको गोल नै निर्णायक बन्यो ।

यही जेठ २६ गतेसम्म चल्ने प्रतियोगितामा घरेलु टोली नुवाकोटसहित थ्रीस्टार, फ्रेन्डस अफ क्लब जाउलाखेल, नेपाल पुलिस, एपिएफ, मदन भण्डारी स्पोर्टस एकेडेमी, चितवन, रुपन्देही, कास्की र काठमाडौंँका दश टोलीले सहभागिता जनाएका छन् । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित शिल्ड र पदक प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले जिल्लामा राष्ट्रियस्तरको खेल मैदान निर्माण भएकाले आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिन सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा