विप्पा सम्झौताको माओवादी बैठकमा बचाउ र प्रतिकार

६ श्रावण २०६९, शनिबार १७:५५ मा प्रकाशित

काठमाडौँ, ६ साउन । एकीकृत नेकपा (माओवादी) को जारी विस्तारित बैठकमा १४ वटा टोलीका प्रमुखले बोल्ने क्रम आज सकिएको छ । ती १४ टोलीमध्ये हिजोसम्म १३ टोलीका प्रमुखले बोलिसकेको र आज बाँकी रहेको नेवाः राज्य समितिका तर्फबाट बोलेका थिए ।
सो समितिअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल पक्षबाट भाष्कर प्रधानाङ्ग र उपाध्यक्ष डा बाबुराम भट्टराईको तर्फबाट महेन्द्र श्रेष्ठले आ–आफ्ना टोलीको धारणा राखेका थिए ।
बैठकमा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री डा बाबुराम भट्टराईले अब पार्टीभित्र गुटबन्दी नगर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्व सर्वस्विकार्य भएको भन्दै प्रचण्डको नेतृत्वको विकल्प नभएको बताए ।
उनले विप्पा सम्झौत मुलुकको आर्थिक क्रान्तिकोलागी भारतीय लगानीकर्ताको लगानी सुरक्षा र लगानी भित्राउन गरिएको भन्दै त्यसमा कुनै राष्ट्रघात नभएको दावी गरे ।
भट्टराईले कार्यदिशा सम्बन्धी अस्पष्टता समाप्त भएकाले अब पार्टी एक ढिक्का भएर अघि बढ्ने बताए । उनले धोविघाट गठनबन्धन अन्तरसंघर्षका क्रममा उत्पन्न महत्वपूर्ण परिघटना भएकाले त्यो सही र इतिहासको आवश्यकता रहेको दावी गरे ।  भट्टराईले सेना समायोजनसम्बन्धी निर्णयमा केही कमजोरी रहेको स्वीकार्दै त्यसलाई अब चाहेर पनि सच्याउन नसक्ने बताउनुभयो ।
अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकासले पनि पार्टीभित्र कुनै पनि किसिमको गुटबन्दी हुन नदिन तर्फ आफू लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले विप्पा सम्झौता राष्ट्रघाती भएको भन्दै आफूले पहिला नै विप्ता सम्झौता नगर्न सुझाव दिए पनि नसुनिएको बताए ।
यसअघि, आजै बसेको एमाओवादी पोलिटब्युरो बैठकले आउँदो माघ महिनामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको पोलिटब्युरो सदस्य अग्नी सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार