
विराटनगर, ६ साउन । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयले पेट्रोल र मट्टीतेलको तुलनामा यसवर्ष डिजेल अत्यधिक बिक्री गरेको छ । साथै भारतबाट आयात गरिएको तुलनामा पेट्रोल र मट्टीतेलको बिक्री अत्यधिक भएको सो कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख दीपक बरालका अनुसार आव २०६८÷०६९ मा पेट्रोल दुई करोड ६२ लाख छ हजार लिटर, डिजेल आठ करोड ६४ लाख १३ हजार लिटर र मट्टीतेल ६० लाख ६४ हजार लिटर बिक्री भएको छ ।
त्यस्तै सो अवधिमा पेट्रोल दुई करोड ६१ लाख २४ हजार लिटर, डिजेल आठ करोड ७० लाख ६८ हजार लिटर, मट्टीतेल ५९ लाख ४० हजार लिटर तथा फर्नेस आयल ४४ लाख लिटर आयात गरिएको छ ।
डिजल र पेट्रोल भारत बिहारको बरौनी तथा मट्टीतेल भारतको सिलगुडीको भारतीय आयल निगमबाट आयात गरिएको छ ।
हाल पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अभाव नरहेको दाबी गर्नुभयो । पेट्रोलियम व्यवसायी रामचन्द्र शाहले आयल निगम क्रमशः पारदर्शी भएको र पेट्रोलियम पदार्थको वितरण समानुपातिकरुपमा भइरहेको बताउनुभयो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ
मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द
काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी