संविधानसभाको पुनः निर्वाचन हुन सक्दैन – फोरम अध्यक्ष यादव

६ श्रावण २०६९, शनिबार १७:४४ मा प्रकाशित

ललितपुर, ६ असार । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा पुनः संविधानसभाको निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।     बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मधेसी युवा फोरम–नेपालको काठमाडौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले चार वर्र्षको अवधिमा असफल सिद्ध भइसकेको संविधानसभा पुनःस्थापना गर्नु आत्मघाती र लोकतन्त्रविरोधी कदम हुन्छ भन्नुभयो ।
अध्यक्ष यादवले ठोस विकल्पको रुपमा उच्चस्तरीय राजनीतिक सहमति गरेर संसदको निर्वाचनमा जानुपर्ने भन्दै संविधान निर्माण गर्दा विगतको संविधानसभाले गरेका महत्वपूर्ण कार्यलाई आधार मानी विज्ञहरूको सहयोग लिएर एकीकृत मस्यौदा बनाउने र त्यसलाई संसदबाट अनुमोदन गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपाल ललितपुरका अध्यक्ष राजकुमार थापा र भक्तपुरका अध्यक्ष सुरेन्द्र प्रधानले अहिलेको अवस्थामा देशलाई नयाँ गति दिन युवाशक्तिको खाँचो रहेको बताउनुभयो ।
मधेसी युवा फोरम–नेपाल काठमाडौंका अध्यक्ष दीलिप पटेलले परिवर्तनका संवाहक युवा वर्ग सकारात्मक र रचनात्मक काममा सक्रिय हुनुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा