किमसँगको भेट पहिले नै ट्रम्प र आबेबीच भेटवार्ता हुने

१४ जेष्ठ २०७५, सोमबार २३:१५ मा प्रकाशित

टोकियो, १४ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको शिखर वार्ता अगाडि नै जापानका प्रधानमन्त्री सिन्जो आबेले भेट्ने हुनुभएको छ ।
आवेले शिखरवार्ता भन्दा अगाडि नै आफरूहरुका बीचमा भेटवार्ता हुने सहमति भएको सोमबार जानकारी दिनुभएको जापानी समाचार संस्था क्योेदोले जनाएको छ ।

ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको शिखर वार्ता आगामी जुन १२ मा सिङ्गापुरमा हुने भनिएको छ ।

यसअघि भङ्ग होलाजस्तो भएको शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी दुबैतर्फका अधिकारीहरुले सुरु गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि अहिले वार्ताको आवश्यक तयारी शुरु भएको जनाएको छ ।

वार्ताको तयारीकै लागि अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो