बिपीलाई राष्ट्रिय विभूति घोषणा गरिने

६ श्रावण २०६९, शनिबार १७:३४ मा प्रकाशित

सुन्दरीजल, ६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले बिपी कोइरालालाई साहित्यका सर्जक र सामाजिक आन्दोलनका अभियन्ताका रुपमा राष्ट्रिय विभूति घोषणा गरिने बताएका छन् ।

बिपी स्मृति दिवसको उपलक्ष्यमा बिपी सङ्ग्रहालय समिति सुन्दरीजलले आज आयोजना गरेको कार्यक्रममा उहाँले सङ्ग्रहालयलाई राष्ट्रिय स्वरुपको बनाउने प्रस्तावमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै प्रक्रियासम्मत ढङ्गबाट बिपीलाई राष्ट्रिय विभूति घोषणा गर्ने प्रस्तावलाई अगाडि बढाइएको समेत उहाँले जानकारी दिनुभयो ।

बिपीको मेलमिलाप नीतिको चर्चा गर्दै मन्त्री बोगटीले भन्नुभयो, ‘‘दलहरुका बीचमा मेलमिलाप नभई राष्ट्रको उन्नति हुन सक्दैन, बिपीको मेलमिलापको नीतिमा पनि यही मर्म रहेको थियो ।’’

मन्त्रालयका सचिव डा गणेश जोशीले बिपी राष्ट्रका अमूल्य निधि भएकाले उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगकी सदस्य मनु हुमागाईंले राणा शासनको अन्त्य गर्नेदेखि लोकतान्त्रिक आन्दोलनमा बिपीले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै राष्ट्रिय विभूति घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार कृष्णमुरारी भण्डारीले सङ्ग्रहालयसँगै लोकतान्त्रिक उद्यान निर्माण गर्न सुझाव दिनुभयो ।

सङ्ग्रहालय समितिका उपाध्यक्ष हेमन्तकिशोर पण्डितको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका रामलाल श्रेष्ठ, एमालेका जनार्दन खड्का र वास्तुशास्त्री वासुदेवकृष्ण शास्त्रीलगायतले बिपीको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला