चुरे विनाशबाट मरुभूमीकरणको खतरा

१० जेष्ठ २०७५, बिहीबार २३:१६ मा प्रकाशित

राजविराज, १० जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकासप्रति राज्य अझै संवेदनशील नरहेको बताउनुभएको छ ।

सप्तरीको राजविराजमा आज पार्टी जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेशमा चुरे विनाशले मरुभूमीकरणको खतरा र बाढी समस्या आउने देखिए पनि सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभयो ।

बढ्दो चुरेको विनाश र नदी नियन्त्रणमा केन्द्र सरकारले नै ध्यान दिनु आवश्यक रहेको औँल्याउदै अध्यक्ष यादवले तराई–मधेश मरुभूमि भए देशले नै ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो । मधेशीलाई अझै पनि बराबरीको अधिकार प्राप्त नभएको बताउँदै उहाँले संविधान संशोधन गरी त्यसलाई सच्याउन माग गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना