माओवादीबीच किन भयो कुर्ची हानाहान ?

६ श्रावण २०६९, शनिबार ११:३१ मा प्रकाशित

 काठमाडौं, ६ साउन । एमाओवादीको जारी विस्तारित बैठक आज शनिबार समापन गरिंदैछ । बैठकमा उठेका विभिन्न जिज्ञासा, प्रस्तुत गरिएका रिपोर्टहरुका विषयमा अध्यक्ष दाहाल, उपाध्यक्षद्वय भट्टराई र श्रेष्ठबाट संश्लेषणसहितको मन्तव्य राख्ने कार्यतालिका तय भएको बुझिएको छ। तर, हिजो शुक्रबार माओवादीहरुबीच आपसमा आरोपप्रत्यारेप, धक्कामुक्का र कुर्सी हानाहान भएको विषय भने सबैका लागि अझै चासो र चर्चाकै विषय बनेर रहेको छ । गुटको अन्त्य गर्नका लागि भनिएको बैठकमा उल्टै कसरी भयो त गुटगत झगडा ? प्रस्तुत छ एक प्रत्यक्षदर्शीको कथनमा आधारित लेखोट । एकीकृत माओवादीको विस्तारित बैठक उदघाटनमा तीन प्रमुख नेताले गुट अन्त्य गर्ने घोषणा गरेको पर्सिपल्ट शुक्रबार कार्यकर्ता र नेताबीच चर्को तनाव उत्पन्न भयो। समूहगत छलफलमा टोली नेताले बोल्ने निर्णय भए पनि उपाध्यक्ष बाबुराम भट्टराई पक्षले त्यो पालना गरेन। त्यसपछि हात हालाहालसम्मै स्थिति उत्पन्न भयो। आफ्ना पक्षका नेता बोल्न नपाएपछि भट्टराई मञ्च छाडेर हिँड्न लाग्दा बैठक हल तनावग्रस्त बनेको थियो। भृकुटीमण्डपस्थित प्रदर्शनी हलको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय भट्टराई र नारायणकाजी श्रेष्ठ तीनै पक्षले बोल्न पाउने निर्णय पोलिटब्युरो बैठकले गरेपछि बल्ल बैठक सुचारू भएको थियो। एक समूहबाट एकजना मात्रै बोल्ने पार्टीको निर्णय तत्काल परिवर्तन गरिएको हो। समूहगत छलफलमा भोजपुरा राज्य समितिबाट बोल्ने नाम दाहाल पक्षको थियो। बोलाउने क्रममा भट्टराईले सञ्चालकलाई अर्को नाम दिएपछि विवाद भएको थियो। हलबाट दाहाल पक्षले यो मत समूहको नभई व्यक्तिगत हो भनेपछि होहल्ला भएको थियो। हल्लासँगै पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल भट्टराईलाई कानेखुसी गर्न गएका थिए। कार्यकर्ताहरुको आक्रोश चुलिएको देखेपछि प्रधानमन्त्री बाबुराम बैठक छोडेर उम्कने प्रयत्न गरिरहेका थिए भन्ने प्रचण्ड पक्षधरको बुझाई रहेको थियो । यसरी बाबुराम हिंड्न लागेपछि जनार्दन शर्माले कठालोमै समातेर भट्टराईलाई बसाउन खोजेका थिए भने त्यसरी प्रधानमन्त्रीलाई हात हाल्न मिल्छ ? भन्दै जंगिएर देवेन्द्र पौडेलले कोकोहोलो मच्चाएका थिए । त्यसपछि ‘पार्टीमा गुट सिर्जना गर्ने तिमहिरु नै हौ’ भन्दै बाबुराम र सुनिलहरुप्रति जनार्दन हातपात गर्ने शैलीमा उत्रिएपछि वातावरण पूरै तनावयुक्त बन्न पुग्यो । तैपनि भट्टराई झोला बोकेर हिँड्न लागेका थिए। त्यही बेला तानातान हुँदा पछाडि बसेका कार्यकर्ताले भट्टराईमाथि हातपात भयो भनेर हल्ला गरेका थिए। बैठक स्थगन गरेर बाहिर निस्कने बेला दाहाललाई बझाङका सुशील नामका कार्यकर्ताले कुर्सीले हानेका थिए। सुशीललाई दाहाल पक्षका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए। बैठकका अधिकांश समूहमा दाहालको पकड भएकाले टोली नेतामा उनीहरू नै छानिएका थिए। अधिकांश टोली नेताले सरकार गुटले चलाएको, बिप्पा सम्झौता राष्ट्रघाती भएको, अन्तर्राष्ट्रिय विमानस्थल भारतलाई व्यवस्थापन गर्न दिएको विषयमा चर्को विरोध गरेका थिए। सरकारको बचाउ नभएपछि भट्टराई पक्ष आक्रोशित बन्दै गएको थियो। भट्टराई पक्षले पालुङटारमा शान्ति र संविधानको नारा आफूहरूको भएकाले यो दस्तावेज त्यसैको निरन्तरता हुनुपर्ने भनी लबिङ गर्दै आएको थियो। पोलिटब्युरो बैठकले हलमा देखिएका समस्याबारे समीक्षा गरी समाधान निकालेपछि हिजोको विस्तारित बैठक सुचारु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,