बलात्कारको आरोपमा एकीकृत माओवादी नेता प्रहरी नियन्त्रणमा

६ श्रावण २०६९, शनिबार ११:११ मा प्रकाशित

खलङ्गा (बैतडी), ६ साउन । स्थानीय एक किशोरीलाई बलात्कार गरेको आरोपमा एकीकृत माओवादी बैतडीका जिल्ला सचिवालय सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिगास–४ बस्ने रामसिंह साउद ‘रोशन’लाई स्थानीय गाँजरी प्रहरी चौकीले घरबाटै नियन्त्रमा लिएको हो । गत असार ३० गते आफन्त पर्ने एक १७ वर्षीया किशोरीलाई सदरमुकाम आउने बेला बैतडीकै पाटनमा बलात्कार गरेको भन्ने पीडित किशोरीको आफन्तको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

नागरिकताको प्रमाणपत्र बनाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकाम ल्याउने क्रममा पाटन बजारस्थित होटेल पानस प्यालेसमा बास बसेका बेला साउदले निज किशोरीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्नआएको बैतडीका प्रहरीनायब उपरीक्षक विष्णुबहादुर कार्कीले बताउनुभयो ।

उक्त घटनाबारे कुनै कुरा सार्वजनिक गरेमा ज्यान मार्ने धम्की दिएकाले नागरिकताको प्रमाणपत्र बनाएर किशोरी घर फर्केपछि मात्र यसबारे थाहाभएको आफन्तजनले बताएका छन् ।

बलात्कृत किशोरीको जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरिए पनि रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ । पीडित पक्षले कानुनी सहयोगका लागि अन्तरपार्टी महिला सञ्जालमा समेत निवेदन दिएको सञ्जालले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।