संविधान संशोधन छुट्टै विषय होः प्रधानमन्त्री केपी शर्मा ओली

८ जेष्ठ २०७५, मंगलवार ००:०३ मा प्रकाशित

काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम जनताको आर्थिक समृद्धि र विकासमुखी रहेको बताउनुभएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले पत्रकारसँग भन्नुभयोे, “जनतामुखी नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आगामी बजेट आउँछ, ढुक्क रहन म आग्रह गर्दछु ।”
‘संविधान संशोधनको विषय सरकारको नीति तथा कार्यक्रममा किन आएन प्रधानमन्त्रीज्यू’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले “यो विषय वार्षिक नीति तथा कार्यक्रममा पर्ने विषय होइन, छुट्टै विषय हो”, भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले जनताका लागि काम गर्ने, सबैसित मिलेर हातेमालो गर्दै अगाडि बढ्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन दिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन् । उनले महाधिवेशनबाट दुई हजार तीन सय दुई मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला

काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक आज साँझ बालुवाटारमा बस्न लागेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले पछिल्लो समय बढ्दै गएको