‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ तीन स्रष्टालाई

७ जेष्ठ २०७५, सोमबार ००:३३ मा प्रकाशित

काठमाडौँ, ६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ विभिन्न विधामा तीन स्रष्टालाई प्रदान गर्ने भएको छ ।

राजनीतिक–सैद्धान्तिक विधामा तनहुँ रम्जकोटका लक्ष्मीभक्त उपाध्याय लम्साल, इतिहास विधामा कास्की मादीका डा जगमान गुरुङ तथा साहित्य, संस्कृति र विज्ञानतर्फ पाल्पा मदनपोखराका विष्णु प्रभातलाई प्रदान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको हो ।

पुरस्कार छनौट समितिको सिफारिसमा २०७४ सालको ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ आजको मन्त्रीस्तरको निर्णयअनुसार तीन उल्लेखित स्रष्टालाई प्रदान गरिने निर्णय भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली राजनीतिक आन्दोलनका अगुवा स्व पुष्पलालले नेपाली वाम प्रजातान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको उच्च कदर गर्दै उहाँको नाममा उक्त पुरस्कार स्थापना गरिएको हो । सरकारले आव २०६८÷६९ देखि नेपाली राजनीति आन्दोलन तथा सैद्धान्तिक, राजनीतिक खोज अनुसन्धान र लेखन कार्यमा लागेका व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा

वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत

सिओल । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले मुक्तक दिवसको अवसर पारेर संयुक्त मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन, बृहत् मुक्तक वाचन, दुई