यसरी जिल्लिंदैछन् संविधानसभा पुनस्र्थापनका पक्षधरहरु

६ श्रावण २०६९, शनिबार ११:०० मा प्रकाशित

काठमाडौं, ६ साउन । पूर्वसभासदहरुको एक जमात संविधानसभा पुनःस्थापनाको लविङमा लहसिइरहेकै अवस्थामा नेपाली कांग्रेसको नेतृत्वमाथि निर्वाचनकै विकल्प रोज्न दबाब परेको छ । सभापति सुशील कोइरालासमेत राष्ट्रिय सहमतिको नयां सरकार निर्माण गरेर एक्त सरकारमार्फत् निर्वाचनमा जानुपर्ने पक्षमा लाग्नुभएको बुझिएको छ । कोइरालाले यसअघि संविधानसभाका सबै विषयमा सहमति जुटेमा वैधानिक बाटोबाट जारी गर्न छोटो अवधिका लागि संविधानसभा ब्युंताउन सकिने बताउनुभएको थियो। संघीयतामा सहमति जुट्ने अवस्था नदेखिएपछि संविधानको बांकी कामसमेत दिने गरी संसद्को निर्वाचनमा जानुपर्ने बाटो कांग्रेसले लिने भएको कोइरालानिकट स्रोतको कथन छ । यससम्बन्धी संस्थागत निर्णय लिन कांग्रेसले चांडै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेकोसमेत बताइन्छ । कांग्रेसका झन्डै ७० पूर्वसभासदले संविधानसभा पुनःस्थापना माग राख्दै ुलबिङु थालेका थिए । संविधानसभा पुनःस्थापनाको पक्षमा वरिष्ठ नेता शेरबहादुर देउवालगायतका केही उभिएका भए पनि सभापति कोइराला नै ताजा जनादेशमार्फत् संसदको चुनावमा जान तत्पर भएपछि संविधानसभा पुनस्र्थापनाको माग अब स्वतः कमजोर भएर जाने अनुमान गरिएको छ । ‘संविधानसभाको पुनःस्थापनाको पक्षमा जानु भनेको आत्महत्या गर्नु हो, कांग्रेसका एक नेताले भने, ुसंसद् पुनःस्थापना भएमा पौडेललाई संसदीय दलको नेता र्फकन्छ र प्रधानमन्त्री हुन सकिन्छ भन्ने दाउ छ भने देउवाले पनि माओवादीबाट त्यस्तै आश्वासन पाएका छन् तर यो सम्भव छैन ।’ कांग्रेसका एक केन्द्रीय नेताको कथन छ । ‘संविधानसभा पुनःस्थापना गर्दा पुनः जातीय र क्षेत्रीय राज्यको आवाज बुलन्द हुन सक्छ जबकि जनमत यसको पक्षमा छैन । टुटेको माओवादी र फुटेको मधेसी दललाई जुटाउन पनि यो सहयोगी बन्ने सक्छ । किनकि, संविधानसभा पुनःस्थापना भएपछि दलबदल कानुन आकर्षित हुन्छ,’ ती नेताको भनाइ थियो, ‘यो मूर्खता र आत्महत्याको बाटो कांग्रेसले रोज्न सक्दैन ।’ केन्द्रीय सदस्य दीपक गिरीले केन्द्रीय कार्यसमितिमा एकदुई जनाबाहेक संविधानसभा पुनःस्थापनाको मागमा कोही पनि नरहेको दाबी गरे । उनले भने, ‘अहिलेसम्म यो छलफलको एजेन्डासमेत बनेको छैन । दुई वर्ष कार्यकालले नपुगेर चार वर्ष बनाउँदासमेत संविधान बनाउन नसक्ने सभालाई ब्युँताएर लोकतान्त्रिक प्रक्रियाको उपहास गर्न हुँदैन ।’ यसरी संविधानसभा पुनस्र्थापन हुनुपर्ने धारणा असान्दर्भिक बन्न लागेको परिवेशमा संसदको निवौचन नै सही विकल्प हुनसक्ने भन्दै सभापति कोइरालानिकटका एक केन्द्रीय नेताले भने, ‘सहमति भएका बिषयलाई लिपीबद्ध गर्ने र बांकी बिषयमा संसदले टुंंगाउने साउथ अफ्रिकन मोडलमा जानुपर्र्छ ।’ यसरी कांग्रेस सभापतिसमेत संविधानसभा पुनस्र्थापनको मागलाई पन्छाएर संसदको लागि ताजा जनादेशको पक्षमा उभिएपछि पुनस्र्थापनका पक्षधरहरु हिस्स पर्नुपर्ने अवस्था निम्तिएको छ । स्मरण रहोस्, एमालेको नेतृत्वले पनि संसदको निर्वाचन गरेर संविधानसभाले बांकी राखेका काम टुंग्याउने अवधारणा अघिसारेको छ भने निर्वाचनमा जाने भनिए पनि प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वको सरकारले गर्ने निर्वाचन भने स्विकार नगर्ने कांग्रेसको अडान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री