नेकपाका अध्यक्षबाट कार्यालय अवलोकन

४ जेष्ठ २०७५, शुक्रबार २१:१३ मा प्रकाशित

काठमाडौँ, ४ जेठ । पुनःगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित सचिवालयका नेताहरुले आज तत्कालीन नेकपा (एमाले) को धूम्रबाराहीस्थित र तत्कालीन नेकपा (माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको छ ।

एकतापछि कुन कार्यालयलाई केन्द्रीय कार्यालय बनाउने भन्नेबारेमा अध्ययन र अवलोकनपछि निर्णय गर्ने तयारीका साथ प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ती कार्यालय निरीक्षण गर्नुभएको थियो । धूम्रबाराही कार्यालयमा अध्यक्ष ओलीले दाहाल र पेरिसडाँडाको कार्यालयमा अध्यक्ष दाहालले ओलीलाई स्वागत गर्नुभएको थियो । एमाले र केन्द्रबीच बिहीबार एकता भएका थियो । दुवै अध्यक्षले ती कार्यालयमा अनौपचारिकरुपमा बहाली गर्नुभयो ।
दुवै कार्यालयका पदाधिकारी कक्ष, विभाग र सभाकक्षको उहाँहरुले अवलोकन गर्नुभएको थियो । सो अवसरमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालयका अधिकांश सदस्य सहभागी हुनुहुन्थ्यो । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कार्यालयको अवलोकनपछि कार्यालयबारे निर्णय गरिने जानकारी दिनुभयो ।

यसैबीच नेकपा (मसाल)ले दुई पार्टीको एकतालाई सकारात्मक ठान्दै आफ्ना प्रतिबद्धतामा अडिग रहन नेकपालाई सुझाव दिएको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी समृद्धि र सामाजिक न्यायका लागि काम गर्न सुझाव दिनुभएको हो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक