यसरी रित्तिंदैछन् नेपालका गाउं

६ श्रावण २०६९, शनिबार १०:०८ मा प्रकाशित

काठमाडौं, ६ साउन । ‘गाउंमा मलामी जाने मानिस पनि छैन, अन्तिम संस्कारका लागि घाटमा लैजानुपर्दा चार गाउंको मानिसलाई जम्मा गर्दा बल्ल दश–बाह्रजना पुग्छन्, त्यो पनि बूढापाका मात्र । मलामी जाने मानिस नहुंदा हामी महिला पनि मलामी जाने गर्छौं, के गर्ने हजुर यहां बाध्यता छ,’ केही दिनअघि एक टेलिभिजन रिपोर्टमा मुगु किस्माकी सुनिता बुढाले दिएको अन्तर्वार्ताको एक अंश हो यो । ती महिलाको भनाइअनुसार गाउंबाट धेरै युवा विदेशिएका छन् भने बूढाहरू रोजगारीकै लागि भारत पसेका छन् । वैदेशिक रोजगार विभागका अनुसार यो समस्या सुनिता बूढाको गाउंको मात्र होइन, अन्य धेरै गाउंका युवाहरू रोजगारीको सिलसिलामा विदेशिएका छन् । विभागका अनुसार नेपालमा लोकतन्त्र प्राप्तिपछि उल्लेख्य रूपमा नेपाली युवाहरू विदेशिएका छन् । विभागको एक तथ्याङ्कअनुसार आर्थिक वर्ष ०६३÷०६४ देखि गत चालू आर्थिक वर्षसम्मको अवधिमा साढे तेह्र लाखभन्दा बढी युवायुवती वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका छन् । त्यस्तै अध्ययन तथा पर्यटन भिसाका नाममा पांच लाखभन्दा बढी विद्यार्थी विदेशिएका छन् । विभागका अनुसार मुलुकमा राजनीतिक अस्थिरता कायम रहनु, रोजगारीको कुनै सम्भावना नहुनुले विदेशिने युवाको सङ्ख्यामा वृद्धि भएको हो । विभागका अनुसार आर्थिक वर्ष ०६३÷६४ मा दुई लाख कामदार विदेशिएका थिए । तर, गत आर्थिक वर्षमा आइपुग्दा यो सङ्ख्या साढे तीन लाखले बढेको छ । विभागको तथ्याङ्कअनुसार वर्षेनी विदेशिने युवाको सङ्ख्यामा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार कामदार लैजान प्रतिबन्ध गरेको मुलुकबाहेक कुनै पनि देशमा जाने नेपालीको सङ्ख्या घटेको छैन । विश्वव्यापी आर्थिक मन्दीका कारण ०६५÷६६ मा अघिल्ला वर्षको तुलनामा केही मात्र कम नेपाली विदेशिएका छन् । तथ्याङ्कअनुसार सबैभन्दा बढी नेपाली तीन लाख ७६ हजार कामदार मलेसिया गएका छन् । त्यसपछि कतारमा तीन लाख ५५ हजार नेपाली पुगेका छन् । विभागका अनुसार नेपालीको वैदेशिक रोजगारीका लागि मुख्य गन्तव्य मलेसिया, साउदी अरेबिया र कतार रहेको छ । तर, परम्पराको कुरा गर्ने हो भने सबैभन्दा बढी नेपाली छिमेकी मित्रराष्ट्र भारतमा छन् । जहां ५० लाखभन्दा बढी नेपाली रोजगारीमा रहेको अनुमान गरिन्छ र सबैभन्दा बढी रेमिट्यान्स पनि भारतबाट नै भित्रिने गरेको छ । भारतबाट एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको अनुमान छ । विभागका अनुसार यसबाहेक पनि धेरै नेपाली गैरकानुनी मार्गबाट पनि विदेश पुगेका छन् । त्यसरी विदेश जानेको सङ्ख्या यकिन छैन । वैदेशिक रोजगार विभागका चन्द्रमणि भट्टराई पनि पछिल्ला वर्षहरूमा विदेशिने नेपालीको सङ्ख्यामा वृद्धि भएको बताउंछन् । उनले भने, ‘स्वदेशमा रोजगारीको सिर्जना हुन नसक्दासम्म विदेशिने नेपालीको सङ्ख्यामा कमी नआउन सक्छ । पहिले मजदुरी गर्नका लागि मात्र नेपाली युवा जाने गर्थे । तर, अहिले अन्य क्ष्ँेत्रका पनि जाने गरेमा वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष तिलक रानाभाटले बताए । उनले भने, ‘नेपालमा कुनै पनि क्षेत्रमा काम नभएपछि के गर्ने, विदेश नगए, पढाइको खर्च त उठाउनुप¥यो नि ।’ रानाभाटका अनुसार अहिले डाक्टर, इन्जिनियर र अन्य प्राविधिक व्यक्तिहरूसमेत विदेशिएका छन् । विदेशिएका नेपालीले कमाएर पठाएकै पैसाले नेपालको अर्थतन्त्र धानिएको छ भन्दा फरक पर्दैन । राष्ट्र बैंकका अनुसार नेपाली कामदारले पठाएको रेमिट्यान्स नहुने हो भने नेपालको अर्थतन्त्र उहिल्यै चौपट भइसक्ने थियो । एक तथ्याङ्कअनुसार नेपालसमेत रेमिट्यान्स भित्र्याउने प्रमुख मुलुकमध्ये एकमा पर्छ । भारत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक हो । त्यसपछि चीन, मेक्सिको, फिलिपिन्स र फ्रान्स हुन् धेरै रेमिट्यान्स मुलुकमा र धेरै रेमिट्यान्स बाहिर पठाउने मुलुकमा अमेरिका पर्छ । त्यसपछि रुसी महासङ्घ, स्वीटजरल्यान्ड, साउदी अरब, जर्मनी र स्पेन पर्छन् । राष्ट्र बैंकका अनुसार बेलायती सेनामा नेपालीलाई भर्ती लिन थालेपछि नेपालमा रेमिट्यान्स भित्रिन थालेको हो । भारतीय श्रमबजारमा नेपाली काम गर्न जाने चलन पुरानै हो । भारतबाहेकका तेस्रो मुलुकमा भने सन् १९९० को दशकदेखि नेपाली जान थालेका हुन् । अहिलेसम्म सरकारले एक सय सातवटा मुलुकमा रोजगारीका लागि जान अनुमति खुला गरेको छ । त्यसबाहेक थुप्रै मुलुकमा दलालमार्फत, आफ्नै प्रयासमा र भ्रमण भिसा लिएर रोजगारी गर्ने क्रम बढ्दो छ । औपचारिक रूपमा मात्रै नगएकाले विदेशमा रहेका नेपालीको यकिन तथ्याङ्क कुनै निकायमा छैन । अनौपचारिक अनुमानअनुसार झन्डै ३० लाख नेपाली विदेशमा कार्यरत छन् । तीमध्ये आधाभन्दा बढी श्रम स्वीकृतिबिनाका छन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्È ०६३÷६४ मा एक खर्ब १४ अर्ब रेमिट्यान्स भित्रेकोमा अर्को वर्ष बढेर दुई खर्ब नौ अर्ब ६९ करोड भित्रिएको थियो । चालूू आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै झन्डै १६ अर्ब रेमिट्यान्स भित्रिएको छ । मुलुकमा रेमिट्यान्स भित्रिने क्रम बढेपछि यसको कारोबार गर्ने निकायसमेत बढेका छन् । मुलुकमा बैंक तथा वित्तीय संस्थाहरू, रेमिट्यान्सको मात्रै कारोबार गर्ने मनी ट्रान्सफरहरू र व्यक्तिसमेत यसको कारोबारमा लागेका छन् । नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणअनुसार विदेशबाट आउने रेमिट्यान्समध्ये २१ प्रतिशत बैंकिङ माध्यमबाट, ४३ प्रतिशत मनी ट्रान्सफरबाट र बांकी २६ प्रतिशत हुण्डीलगायतका माध्यमबाट आउंछ । कतिपयले छिटो घर पुग्ने भनेर विश्वासको भरमा हुण्डीको माध्यमबाट पनि आफ्नो कमाइ पठाउने गरेका छन् । तर, कुनै दरिलो प्रमाण्ँको अभावमा व्यक्तिगत चिनाजानीले गरिने यस्तो कारोबार जोखिमपूर्ण हुनसक्छ । राष्ट्र बैंकले कुन मुलुकबाट कति रेमिट्यान्स भित्रियो भन्ने रेकर्ड राख्ने नगरे पनि सबैभन्दा धेरै खाडी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्रिएको छ । त्यसपछि अन्य मुलुकबाट । तर, त्यसरी भित्रिएको रेमिट्यान्सको ठूलो अंश अनुत्पादक, विदेशी उपभोग्य र विलासिताका वस्तुको खरिदमा खर्च भएको छ । एमाले नेता एवम् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी नेपालमा रेमिट्यान्सको सही सदुपयोग हुन नसकेको बताउंछन् । उनले भने, ‘रेमिट्यान्सबारे सरकार नै सचेत नभएकाले यो अनुत्पादक क्ष्ँेत्रमा खर्च भएको बतँए । अधिकारीले भने, ‘विदेशबाट ल्याएको कमाइले सरकारले सदुपयोग गर्ने नीति ल्यायो भने मुलुकका लागि राहत हुन्छ ।’ अर्का अर्थविद् डा. चिरञ्जीवी नेपालले नेपालमा रेमिट्यान्ससम्बन्धी स्पष्ट नीति बन्न नसक्दा यसले नेपाली अर्थतन्त्रलाई सक्रिय बनाउन नसकेको बताए । उनले थपे, ‘नेपाली रोजगारीका लागि विदेश गएका गएकै छन्, तर उनीहरूले कमाएर ल्याएको पैसाको चाहिं सदुपयोग हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको