आज बीपी कोइरालाको ३० औं स्मृति दिवस

६ श्रावण २०६९, शनिबार ०९:५२ मा प्रकाशित

काठमाडौं, ६ साउन । आज ३० औं बीपी स्मृति दिवस । जननायक बीपी कोइरालाको सम्झनामा आज स्वदेश र विदेशमा समेत नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउंदै छन् । महामानवका रुपमा समेत चिनिनुहुने प्रजातान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको जन्म वि.सं. १९७१मा भएको थियो भने वि. स.ं २०३९ साल साउन ६ गते अर्थात् आजकै दिन उहांको निधन भएको हो । राष्ट्रियता लोतकन्त्र र समाजबादको पक्षमा जीवनभरी संघर्ष गर्नुभएका कोइराला ०१५ सालमा भएको चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनु भएको थियो । नेपाली साहित्यमा पनि गहन र मौलिक स्थान बनाउनुभएका कोइरालाको जेल जर्नल, नरेन्द्र दाई, सुम्निमा, मोदी आईनलगायत दर्जनौ कृतिहरु प्रकाशित छन् । विशेषगरी नेपाली कांग्रेस र कांग्रेस निकटका विभिन्न संघसंगठनहरुले आज विभिन्न कार्यक्रम गरी विपी स्मृति दिवस मनाउंदै छन् । ३० औं स्मृति दिवसका अवसरमा कांग्रेसले केन्द्रीय कार्यालय, ललितपुरमा बीपीको तस्वीरमा माल्यापर्णको कार्यक्रम आयोजना गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा