‘देशको माटो’ कविता संग्रह सार्वजनिक

२९ बैशाख २०७५, शनिबार २३:५३ मा प्रकाशित

काठमाडौँ, २९ वैशाख । कवि हेमनाथ घिमिरेको ‘देशको माटो’ कविता संग्रह सार्वजनिक भएको छ । सिसार साहित्य समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा ४५ वटा कविता समेटिएको संग्रह लोकार्पण गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसचिव कृष्ण ज्ञवालीले कवितामा प्रयोग हुने एउटै शब्दले महत्वपूर्ण भाव बुझाउने भएकाले कविताको महत्व साहित्यका अरु विधा बढि रहेको विचार व्यक्त गर्नुभयो ।

पछिल्लो समय छन्दका कविता लेखन कम हुन थालेकाले यसको संरक्षण हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपाली भाषा बचाऊ अभियानका चुडामणि गौतमले भाषा पढाउने प्राध्यापकले आयोजना गरेका कार्यक्रमकै ब्यानर र दस्तावेजमा त्रुटि हुनुलाई स्वभाविक मान्न नसकिने बताउनुभयो ।

अभियानले चलाएको आन्दोलनकै कारण नेपाली वर्ण विन्यासको गल्ती हटी नेपाली बृहत् शब्दकोशको नवौँ संस्करण प्रकाशन भएको उहाँले सुनाउनुभयो । कवि घिमिरेको यसअघि ‘छातीभित्र देश दुख्दा’ पद्य कविता संग्रह प्रकाशन भएको छ ।

कार्यक्रममा उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीका कृति ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ र ‘शिव एक रुप अनेक’ को चर्चासमेत सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै समालोचक रामप्रसाद ज्ञवालीले पूर्वीय दर्शनको विश्लेषण खोजपरक ढंगले गर्न अनुरोध गर्नुभयो ।

सो अवसरमा पूर्वराजदूत हरिकुमार श्रेष्ठ, गीतकार सुदर्शनविक्रम राणा, पद्मकन्या बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख केशव सापकोटा, साहित्यकार भुवनहरि सिग्देललगायतले नेपाली साहित्यका धेरै कृतिमा पूर्वीय दर्शनको प्रभाव रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा

वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत