ढगी गरेर हिडेको भन्दै चुरेभावरद्धारा पूर्व उपाध्यक्ष र महासचिवलाई पक्राउ गर्न आग्रह

५ श्रावण २०६९, शुक्रबार १५:२६ मा प्रकाशित

काठमाडौ, ५ साउन । पार्टीबाट निस्कासित पूर्व बरिष्ठ उपाध्यक्ष शिव तामाङ र महासचिव भूमिराज निरौलाले पार्टीको नाममा चन्दा उठाईरहेको भन्दै चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालको संस्थापन पक्षले उनीहरुलाई पक्राउ गरेर प्रहरीलाई बुझाउन सबैसँग आग्रह गरेको छ ।
पार्टी अध्यक्ष हिमायल भक्त प्रधानाङग र महिला बालबालिका तथा समाज कल्याणमन्त्री समेत रहेका महासचिव बद्रीप्रसाद निरौलाले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरेर पार्टीको महाधिवेशन भन्दै तामाङ र निरौलाले चन्दा उठाउँदै हिडेको दावी गर्दै अनाधिकृत रुपमा पार्टीलाई बदनाम गराउँदै चन्दा लिन आउनेलाई पक्राउ गरी स्थानीय प्रहरीको जिम्मा लगाईन दिन समेत सम्पूर्ण सभेच्छुकहरुसँग आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ–पार्टीको अहिले चन्दा लिने कुनै नीति छैन । पार्टीले चन्दा समेत उठाएको छैन । त्यसैले चुरेभावर राष्ट्रिय एकता पार्टीको नामबाट चन्दा माग्न आउने ठग भएकोले प्रहरीको जिम्मा लगाउन आग्रह गर्दछौ ।
विज्ञप्तिमा चुरे भावर राष्ट्रिय एकता पार्टीको नामबाट कसैलाई पनि चन्दा नदिन सुभेच्छुक, संघ संस्था सबैलाई आग्रह समेत गरिएको छ ।
त्यसैगरी पार्टीको महाधिवेशन आगामि २०७० साल जेठ २५, २६ र २७ गतेका लागी तय गरिएको जानकारी पनि प्रेस विज्ञप्तिमा दिईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज