सुन तस्करी र हत्याका आरोपीसँग बयान सकियो

२५ बैशाख २०७५, मंगलवार २२:२४ मा प्रकाशित

विराटनगर,२५ वैशाख । साढे तेत्तीस किलो सुन तस्करी र सनम शाक्यको हत्याको प्रकरणमा पक्राउमा परेका ३० जनाको बयान आज सकिएको छ ।

सो प्रकरणमा गत बुधबार ६३ जनामाथि जिल्ला प्रहरी कार्यालयद्वारा मुद्धा दर्ता भएकामा पक्राउमा परेका ३० जनाको क्रमिक रुपमा बयान लिने क्रम आज सकिएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालका अनुसार गत बिहीबारदेखि शुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको बताउनुभयो । बुधबार कानून दिवस भएकाले बिहीबारदेखि आरोपीविरुद्ध थुनछेकको बहस शुरु हुने उहाँले जानकारी गराउनुभयो ।

यस घटनामा सनम शाक्यको हत्याका आरोपी छ जना र सुन तस्करीका साथै अपहरण तथा शरीर बन्धकलगायत मुद्दामा प्रहरीका अवकाशप्राप्त एक उच्च पदाधिकारी र हाल निलम्बित छ प्रहरी पदाधिकारी गरी सात, एयरलायन्सका कर्मचारी र सुनका व्यापारीमाथि बिहीबारदेखि थुनछेकको बहस शुरु हुनेछ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर