कुर्सीमा उक्लने आँट छैन भने मैदान छाडिदेउ : ओली

५ श्रावण २०६९, शुक्रबार १५:०३ मा प्रकाशित


काठमाडौ, ५ साउन । संविधान निर्माणका बाँकी काम सकेर नयाँ संविधान जारी गर्ने अधिकार दिएर व्यवस्थापिका संसदको निर्वाचन गरिनु पर्ने एमाले नेता केपी ओलीले बताएका छन् । स्थायी समितिले संविधानसभाको पुनःस्थापना भन्दा नयाँ निर्वाचन नै उत्तम भनेर निर्णय गरे पनि पार्टीले चाहेको निर्वाचनबारे स्पष्ट नपारिहरको अवस्थामा नेता ओलीले यस्तो धारणा सार्वजनीक गरेका हुन् ।

राजनीतिक सहमतिका आधारमा सहमतीय सरकार निर्माण गरी कानूनी अड्चन हटाएर त्यही सरकारले निर्वाचन गराउनुपर्ने उनको तर्क थियो ।  राजधानीमा प्रेस चौतारीले गरेको कार्यक्रममा बोल्दै नेता ओलीले सहमतिको सरकार निर्माणका लागि पहल भइरहेकाले चाँडै सहमतिको वातावरण निर्माण हुने विश्वास समेत व्यक्त गरे । उनले कांग्रेसले प्रधानमन्त्रीका लागि नाम नदिएकाले बाबुराम भट्टराईको सरकार लम्बिएको पनि बताए ।
‘नेतृत्व लिन कुर्सीमा उक्लने आँट नहुने हो भने अरुका लागि मैदान छोडनिदनुपर्छ’ ओलीले कार्यक्रममा भने, ‘यसअघि अविश्वास प्रस्ताव ल्याएर बाबुराम सरकारलाई हटाउन खोज्दा समेत कांग्रेसले आँट नगर्दा यस्तो परिस्थिति आएको हो, त्यो सबै सामु स्पष्ट छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत