धार्मिक द्वन्द सिर्जना गर्ने उद्देश्यले स्वामी श्रीनिवास आचार्यले आफूलाई गोली हान्न लगाए

२४ बैशाख २०७५, सोमबार २२:४६ मा प्रकाशित

विराटनगर, २४ वैशाख । हिन्दू धर्म कायम गर्न र धर्मगुरुहरूलाई उक्साई मुलुकमा द्वन्द्व सिर्जना गर्ने उद्देश्यले आफैंलाई गोली हान्न लगाएका अभियुक्त स्वामी श्रीनिवास आचार्यलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा गत चैत २५ गते विराटनगर–१४ जतुवामा श्रीमद्भागत सप्ताह पुराणका लागि आएका सुनसरी वहार नगरपालिका–६, चक्रघट्टी लक्ष्मी बैङ्कटेशन आश्रम बस्दै आएका आचार्यलाई आफ्ना अंगरक्षक रुपमा राखेका भरतपुर महानगरपालिका–४ का माधव चौधरीमार्फत गोली हान्न लगाएको आरोप लगाइएको छ । निज चौधरी स्वामी आचार्यसँग पुराण क्षेत्रमा साथै बसेका थिए । स्वामी आचार्य विराटनगरमा २१ दिनको उपचारपछि काठमाडाँै गएका थिए ।

प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले स्वामी आचार्यले नवलपरासी गैंडाकोट नगरपालिका–५ का लक्ष्मीराज अधिकारीलाई गोलीसहितको हतियार व्यवस्थापन गर्न लगाई गोली हान्ने मान्छे चौधरीलाई खोजी प्रशिक्षणसमेत दिई गोली हान्न लगाएको पत्रकार सम्मेलनमा बताउनुभयो । अभियुक्त चौधरी र अधिकारीले स्वामीको आदेशअनुसार हातमा गोली हान्नुपर्नेमा कुममा लागेको पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको