दोहोरो अंकले घट्यो शेयर बजार

२३ बैशाख २०७५, आईतवार २३:१८ मा प्रकाशित

काठमाडौँ, २३ वैशाख । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९१ बिन्दुले ओरालो लागेर २८५.३८ बिन्दुमा झरेको छ ।

कूल १६० कम्पनीको आठ लाख ४३ हजार ४१० कित्ता शेयर रु ३६ करोड १६ लाख ९६ हजार ७६३ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ ।

उपसूचकमध्ये वित्त क्षेत्रको मात्रै शेयर उकालो लाग्दा अरु समूहका शेयर भने ओरालो लागेका छन् । सो उपसमूहको शेयर ०.०६ बिन्दुले उकालो लागेको हो ।

बैंकिङ ११.५५, होटल ३१.०६, विकास बैंक १३.४३, जलविद्युत् १९.८१, बीमा ६८.३२, उत्पादन ८.६६, अन्य ६.६१ र माइक्रो–फाइनान्स उपसमूहको ७.५४ बिन्दुले ओरोलो लाग्दा बजार घटेको हो ।

श्री इन्भेस्टमेन्टले बोनस शेयर दिने

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले रु १६ करोड ७९ लाख ७८ हजार ५६७ बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट विद्यमान चुक्ता पूँजी रु ६३ करोड २१ लाख ७१ हजार ४३२ को २६.५७ प्रतिशतले हुन आउने रकम बोनस शेयरका रुपमा वितरण गर्न लागिएको सो कम्पनीले स्टकलाई जानकारी गराएको छ । उक्त प्रस्तावलाई वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड