शरणार्थी फिर्ता गर्न नेपालले पहल गर्नुपर्छ–भुटानी नेता रिजाल

२३ बैशाख २०७५, आईतवार २३:१६ मा प्रकाशित

मोनिका लिम्बु, काठमाडौँ, २३ वैशाख । निर्वासित भुटानी नेता टेकनाथ रिजालले नेपालमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउन नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज पत्रकार सम्मेलन गरी नेता रिजालले नेपाली मूलका भुटानी निर्वासित भई लामो समयदेखि शरणार्थीका रुपमा जीवन बिताउनु परेकामा चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि नेपाल र भारत सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हुन लागेको नेपाल भ्रमणका क्रममा शरणार्थी व्यवस्थापनमा कूटनीतिकरुपमा प्रस्ताव गरी छलफल भएमा समस्या समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

करीब एक लाख १२ हजार शरणार्थीलाई विभिन्न देशमा पुनर्वास गराइएको जानकारी दिँदै नेता रिजालले भन्नुभयो, “अहिले बेलडाँगीमा करीब १० हजारको हाराहारीमा शरणार्थी छन्, उनीहरु स्वदेश फिर्ता हुन चाहन्छन्, नेपाल सरकारको सहयोगको खाँचो छ ।”

उहाँले नेपाल र भारत दुवै मुलुकका प्रधानमन्त्रीलाई शरणार्थी समस्या समाधानका लागि पत्राचार गरेको जानकारी दिँदै अन्तर्राष्ट्रिय समुदायले पनि सो विषयलाई लिएर आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सन् १९८५ देखि आफू निर्वासित भएको भए पनि पञ्चायती सरकारले समातेर भुटान सरकारलाई बुझाएपछि १० वर्ष जेलमा बन्दी भएको स्मरण गर्दै एक लाख भन्दा धेरै शरणार्थीको नेतृत्व आफूले गरेर धेरैलाई शरणार्थी कार्ड उपलब्ध गराएको भए पनि आफूसँग सो कार्ड प्राप्त नभएका कारण दयनीय जीवन भोग्नुपरेकाले सहयोगको अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री