एमाओवादी सर्वसत्तावाद थोपर्न उन्मुख भएको कोइरालाको आरोप

५ श्रावण २०६९, शुक्रबार १४:३५ मा प्रकाशित

सुन्दरीजल, ५ साउन । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले भइसकेका सहमति समझदारी उल्टाउने र कार्यान्वयन नगर्ने गरेर एमाओवादीले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनभएको छ ।

तीसौँँ बिपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस क्षेत्र नं ४ काठमाडौँले आज चुनीखेलमा आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति कोइरालाले माओवादीले बाह्रबुँदे समझदारीदेखि पछिल्लो पटकको राज्य पुनःसंरचनासम्मका सहमतिमा आफूखुसी व्याख्या गर्ने र  कार्यान्वयन नगर्ने गरेकाले नै जेठ १४ मा संविधान नआएको हो भन्नुभयो ।

पार्टी केन्द्रीय सदस्य सुप्रभा घिमिरे र काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानलगायतले वर्तमान अन्योल हटाउन मेलमिलाप नीतिअनुरुप काँग्रेसकै नेतृत्वमा कदम लिइनुपर्ने बताउनुभयो ।

क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न जातका एक हजार वृक्ष रोपिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।