क्यानाडामा हुन गैरहेको बहु सांस्कृतिक मेलामा नेपाल प्रवर्द्धनको तयारी

२१ बैशाख २०७५, शुक्रबार २३:४४ मा प्रकाशित

टोरोन्टो । क्यानाडामा हुने बहु सांस्कृतिक मेलामा नेपाललाई प्रतिनिधित्व गर्दै बिगत ३ बर्ष देखी नेपाल प्रर्यटन बोर्डले सो कार्यक्रममा भाग लिदै आएको छ र यो बर्ष पनि उक्त मेलालाई सफल बनाउनका लागी भव्य रुपमा तयारी भैरहेको छ ।

नेपाल सहित ७५ देशको कला संस्कृति र बिभिन्न परिकारहरुको प्रदर्शन हुने उक्त मेलाका लागी नेपाल प्रर्यटन बोर्ड, बिभिन्न संघसस्था, उधोग व्यपारिक व्यावसायी, संचार माध्यम, पत्रकार तथा व्यक्ति विशेषहरुको तर्फबाट बिशेष सहयोग भई रहेको छ ।

सो मेलाको स्टलका लागी सहयोग गर्नेहरुमा ब्राम्टन स्थिति चावला रेस्टोरेंटका प्रोपराइटर नाम भुसाल र ब्राम्टन स्थिति नेपाली क्यानेडियन महिला समुहले विभिन्न नेपाली परिकारहरुको व्यवस्था गर्ने भएका छन ।

त्यस्तै गरेर सहयोग गर्नेहरुमा क्यानडाका लागी सांस्कृतिक दुत पुर्ण नेपाली, एनआरएनए र टिपीएनका सदस्य आशिर्वाद सुवेदी र रोसन के सी, प्रचार प्रसारका लागी गैर आवासीय संघ प्रर्यटन बोर्ड समिति सदस्य द्वोय अन्जना भट्टराई र माधव गजुरेल, संचार माध्यमका लागी गोकर्ण लामीछाने, राजु थापा, नमस्ते रेडियोबाट अनिल थापा, नेपालबाट लक्ष्मी के सी, बेद प्रसाद आचार्यले नेपालबाट यस बहु सांस्कृतिक मेलाको प्रचार प्रसारलाई तिव्र पारेर उल्लेखनीय भुमिका निभाउदै आउनु भएको छ ।

त्यसैगरी सो मेलाका लागी नेपालको राष्ट्रीय झण्डाको नृत्यमा पुर्णिमा लगाएतको टोली, नेपालको हस्तकलाबाट उत्पादित सामाग्रीहरुका लागी रिता तिमिल्सिना र सविता उप्रेदी, प्याराग्लाङ्डिका लागी पुन, अन्य सामाग्रीहरुको लागी स्याम वताजु र सुमन ढकाल र नेपाललको चिनारी झल्काउने वस्तु सजावटका लागी विभिन्न प्रर्यटन व्यावसायीहरुले सहयोग गर्नका तत्पर रहेका छन ।

यसपालीको नेपाल प्रवद्दन गर्ने कार्यको लागी प्रचार प्रसारमा टोरोन्टो स्थित विभिन्न संघ संस्था, त्यहाँ स्थित वाणिज्य दुत, नेपाल राजदुतावास र विभिन्न व्यावसायीहरु पनि नेपाल र नेपालीको पहिचानका लागी जुझारु रुपले लागी परेका छन । जसमा एनआरएनए गैर आवासीय नेपाली संघका प्रर्यटन प्रर्वद्धन बोर्डका सदस्यहरुले अनवरत रुपमा आफ्नो तर्फबाट सक्दो महत्त्वपूर्ण भुमिका निभाई रहेको देख्दा प्रर्यटन दुत एन बि टन्डनले आफु खुसी भएको बताउनु भयो

तर यति हुदाँ हुदै पनि दुर्भाग्यवस यस नेपालको पहिचान झल्काउने प्रर्यटन प्रर्वद्धनमा एनआरएनए क्यानडाका पदाधिकारीहरुको कुनै चासो देखिएको छैन जुन कार्य प्रति एन बि टन्डनलाई कुनै नौलो आश्चर्यको विषय लाग्दैन न त एनआरएनए क्यानडाले केही गर्ला भनेर उनि आशावादी नै छन ।

यसर्थ अन्त्यमा म हामी र हाम्रो तर्फबाट जे जति सहयोग सहित अव हुन गई रहेको मेला कार्यक्रम मे २५, २६, २७ र ब्राम्टन जुलाई १५, १६, र १७ मा हुनेमा पनि आँफु सक्दो सहयोग गरी भव्यताका साथ कार्यक्रम सम्पन्न गरौ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप १३ जना नेपालीको निधन

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

काठमाडौं । गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको नयाँ कार्यकाल (वर्ष २०२१ देखि २०२३ को कार्यकाल) का