अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

२१ बैशाख २०७५, शुक्रबार २१:०८ मा प्रकाशित

वासिङटन, २१ वैशाख (एएफपी) । अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ ।

सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ ।

यो महिना ३.९ प्रतिशतको दरले बेरोजगारी घटेको मजदूर विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यो दर सन् २००० को डिसेम्बर महिनापछिको सबैभन्दा थोरै हो ।

बेरोजगारी दर घट्नुको मुख्य श्रेय राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसलाई नै जाने बताइएको छ ।

अर्थविद्हरूले मार्चमा र अप्रिलमा योभन्दा बढी अर्थात् एक लाख ९० हजार नयाँ रोजगारी सिर्जना हुने पुर्वानुमान गरेपनि रोजगारीका अवसर अपेक्षित नरहँदा सोचेभन्दा रोजगार दरमा कमी देखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

तेलअबिब । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा