बेलायतमा स्थानीय निर्वाचनका लागि मतदान, प्रधानमन्त्रीको परिक्षण हुँदै

२० बैशाख २०७५, बिहीबार २२:१७ मा प्रकाशित

लण्डन, २० वैशाख । बेलायतमा बिहीबार भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको सरकारले जनाएको छ ।

दशौं लाख मतदाताहरूले गरेको मतदानलाई प्रधानमन्त्रीको पहिलो ठूलो परीक्षणको रूपमा पनि हेरिएको छ ।

देशभरी रहेका १५० परिषद् क्षेत्रमा निर्वाचन भएको हो । सवै परिषद्मा गरेर झण्डै ४४ सय सिट रहेको छ ।

प्रधानमन्त्री टरेसा मे र उहाँका श्रीमान् फिलिपले लण्डनको वेस्टमिनिस्टर मतदान केन्द्रबाट बिहानै मतदान गर्नुभएको थियो ।

राजनीतिक विश्लेषकहरूले जेरेमी कर्बीन नेतृत्वको प्रमुख प्रतिपक्षी दल लेवर पार्टीले सवैभन्दा धेरै ठाँउमा जीत हासिल गर्ने अनुमान गरेका छन् ।

मतदानलाई व्यवस्थित गर्न मतदातालाई पाएक पर्ने गरी पहिलेभन्दा धेरै ठाउँमा मतदान केन्द्रहरु राखिएका निर्वाचन अधिकारीले बताए । मतदाता सूचिमा नाम भएकाहरूलाई सवारी चालक अनुमतिपत्र, राहधानी जस्ता फोटो सहितका कुनैपनि आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्न दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय