माओवादी बैठकमा प्रचण्डा र बाबुराम पक्षवीच हाल हालाहाल, कुर्सि हानाहान

५ श्रावण २०६९, शुक्रबार १४:२२ मा प्रकाशित

शशी कोइराला, काठमाडौ, ५ साउन । प्रधानमन्त्री डा बाबुराम भट्टराई पक्षधर बलिराम साहले बोल्ने क्रममा हलमा अध्यक्ष प्रचण्ड पक्षधर नेताहरुले हुटिङ गरेपछि दुई पक्षवीच सुरु भएको विवादले अन्तत जारी एकीकृत नेकपा माओवादीको विस्तारित बैठक स्थगित भएको छ ।
अध्यक्ष प्रचण्ड पक्षधर नेता अन्जना विशंखेसहितका नेताहरुले हुटिङ गरेपछि भट्टराई पक्षधरले प्रतिबाद गरेका थिए । स्रोतका अनुसार विशंखे सहितका प्रचण्ड पक्षधरहरुले साह बहुमतले छानिएका टोली नेता नभएकोले उनले भोजपुरा राज्य समितिको तर्फबाट धारणा राख्न नपाउने भन्दै प्रतिवाद गर्दा विवाद बढेको थियो । विशंखे भोजपुराकी उपसंयोजक हुन ।
साहलाई बोल्न नदिएपछि प्रधानमन्त्रीले विचारको बहसमा बोल्न दिनुपर्छ  हामि अहिले लोकतान्त्रिक पद्धतिको अभ्यासमा छौ । रोक्न पाईदैन भनेर उठेपछि प्रचण्ड पक्षका जनार्दन शर्माले प्रधानमन्त्रीलाई हात समातेर बसाएका थिए । त्यस विषयलाई लिएर प्रभु साहले प्रधानमन्त्रीलाई शर्माले अपमान भनेको भन्दै कराएपछि शर्मा र साह वीच कुटाकुट भएको थियो । मन्चमा भएको सो हातहालापछि तल बसेका कार्यकर्ताहरुवीच पनि विवाद बढेर तनाव उत्पन्न भएको थियो । सो क्रममा भिडबाट प्रचण्ड र भट्टराईलाई लक्षित गरेर कुर्सि प्रहार भएपनि उनीहरुलाई भने लागेन ।
स्रोतका अनुसार भोजपुरा राज्य समितिका तर्फबाट विप्पा सम्झौता लगायतका सरकारका काम कारवाहीलाई सहि ठहर्याउँदै साहले बोलेपछि बैठकमा प्रधानमन्त्री राष्ट्रघाति भनेर नारावाजी समेत भएको थियो ।स्थीति गंभिर बनेपछि केही बेरकालागी अहिले बैठक स्थगित भएको छ । विवाद मिलाउन पर्यटन बोर्डको हलमा अहिले पार्टीको पोलिटब्यूरो बैठक जारी रहेको छ ।
यसैबीच,समाचार संकलनका लागि रोक लगाइएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई बैठक स्थल भृकुटी मण्डपको गेटमै रोकिएको छ । यसअघि संचारकर्मीहरुले भृकुटीमण्डपमा सहज पहुच पाएका थिए । पार्टी भित्रको आन्तरिक विवाद मिडियामा धेरै आएकोले सञ्चारकर्मीलाई गेटमै रोकिएको हो ।
बैठकको बन्द सत्रमा समूह छलफल र टोली नेताहरुले बोल्ने क्रम जारी छ । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको दस्तावेज उपर १४ वटा समूहका टोली नेताले धारणा राख्ने क्रा चलिरहेको थियो । बिहीबार ७ समूहका टोली नेताले बोलेका थिए बाँकीले आज बोल्ने क्रम थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न