सुन तस्कर र हत्या अभियोगका आरोपिहरुसंग बयान लिन शुरु

२० बैशाख २०७५, बिहीबार २२:०९ मा प्रकाशित

विराटनगर, २० वैशाख । जिल्ला अदालत मोरङमा साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज अभियुक्त छ जनाको बयान लिन शुरु भएको छ ।

जिल्ला न्यायाधीश नारायण शर्मासमक्ष निजहरुको बयान लिने कार्य भइरहेको स्रेस्तेदार नवराज दुलालले बताउनुभयो । बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार र मोहन काफ्ले छन् । यी अभियुक्तसँग बयान लिने काम सकिएको छैन । बयान लिने काम शुक्रबार पनि जारी रहनेछ ।

निजहरुमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचाँदीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ । जिल्ला अदालत मोरङमा पक्राउ परेका २९ जनामाथि मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै