आयोजक दमक–११ विजयी

२० बैशाख २०७५, बिहीबार २२:०७ मा प्रकाशित

दमक, २० वैशाख । झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा रुपन्देही ११ लाई ट्राइबेकरमा पराजित गर्दै आयोजक दमक–११ विजयी भएको छ ।

प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजकले जित हासिल गरेसँगै दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयसम्म दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णयका लागि सिधै ट्राइबेकरमा लगिएको थियो । ट्राइबेकरमा दमकले रुपन्देहीलाई ४–३ ले हराउँदै आफ्नो जित दर्ता गराउन सफल भएको थियो ।

निर्धारित समयको २७औँ मिनेटमा आयोजक दमकतर्फबाट विकेश लिम्बू र ८१औँ मिनेटमा रुपन्देहीका लागि नितिन थापाले गोल गर्दै खेल बराबरी बनाएका थिए ।

दुवै टोलीले थुप्रै गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । यसअघि प्रतियोगिताको बुधबार उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकाडेमी विजयी भएको थियो । मदन भण्डारी स्पोर्टस् एकाडेमीले घरेलु टोली रमपम झापा ११ लाई ४–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

मोफसलकै सर्वाधिक राशिको दमक गोल्डकप फुटबल प्रतियोगिताका विजेताले नगद रु १३ लाख ११ हजार र उपविजेताले नगद रु छ लाखसहित ट्रफी तथा प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा आयोजकसहित १० वटा टोलीको सहभागिता छ । यसैगरी भोलि शुक्रबार सशस्त्र प्रहरीको विभागीय टोली र मदन भण्डारी स्पोर्टस् एकाडेमीबीच पहिलो क्वाटरफाइनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी