काठमाडौँ, ५ साउन । पुराना कलाकार हरिकृष्ण दर्शनधारीको आज उपचारका क्रममा निधन भएको छ । मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि लामोसमयसम्म कलाकारिताका माध्यमबाट सङ्घर्ष गर्दै आउनुभएका दर्शनधारीको ६८ वर्षको उमेरमा काठमाडौँ मोडल अस्पतालमा आज बिहान निधन भएको हो ।
कलाकारिताका माध्यमबाट समाजमा चेतना फैलाउन सफल हुनुभएका स्वर्गीय दर्शनधारी मष्तिष्कमा समस्या आएपछि गत शनिबार उपचारका लागि काठमाडौँ मोडल अस्पतालमा भर्ना हुनुभएको थियो ।
काठमाडौँको भोटाहिटीमा जन्मेर हाल ज्ञानेश्वरस्थित कालोपुलमा बस्दै आउनुभएका स्व कलाकार दर्शनधारीले विशेषगरी नेपाली तथा नेवारी भाषा र सँस्कृतिको विकासमा ठूलो भूमिका खेल्नुभएको थियो ।
स्वर्गीय दर्शनधारीले विशेष गरी अष्टमात्रिका र चर्या नृत्यमा राम्रो दख्खल राख्नुहुन्थ्यो । उपचारका लागि अस्पताल भर्ना हुनुभएका स्व दर्शनधारीको स्वास्थ्य स्थिति बुझ्न गत बुधबार प्रधानमन्त्री डा बाबुराम भट्टराईसमेत अस्पताल पुग्नुभएको थियो ।
अहिले कलाकार दर्शनधारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जलिका लागि काठमाडौँको स्वयम्भुस्थित शोभा भगवतीमा राखिएको र उहाँको आजै अन्तिम संस्कार गरिने उहाँका जेठा छोरा शरद दर्शनधारीले जानकारी दिनुभयो । उहाँको श्रीमती, २ छोरा र २ छोरी हुनुहुन्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
भारतीय रियालिटी शो बिग बोसको सिजन ५ मा देखिएकी पूजा मिश्राले बलिउड अभिनेता शत्रुघ्न सिन्हा र उनको परिवारमाथि गम्भीर आरोप
काठमाडौंँ । बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने भएकी छन् । उनले शनिबार अर्थात वैशाख २४ गते (मे ७
काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित
काठमाडौं । विवाहको एक सातामै अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । तर उनको अमेरिकामा यात्रामा पति रोहित तिवारी भने