लाङ्टाङ पदमार्गमा आयोजना गरिने अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा

१८ बैशाख २०७५, मंगलवार २३:०८ मा प्रकाशित

रसुवा, १८ वैशाख । लाङ्टाङ पदमार्गमा आगामी जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हुँदैछ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का मिडिया समन्वयकर्ता गोपाल श्रेष्ठका अनुसार लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ४२ किलोमिटर दूरीमा म्याराथन दौड सञ्चालन गरिँदैछ । लाङ्टाङ क्षेत्र सुरक्षित र पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको सन्देश विश्वसामु प्रवाह गर्ने उद्देश्यले म्याराथन दौड आयोजना गर्न लागिएको टानका प्रथम उपाध्यक्ष जीवन थापा मगरले बताउनुभयो ।
लाङ्टाङ क्षेत्रमा दोस्रो पटक हुने म्याराथन दौडमा १०० भन्दा बढी धावक सहभागी हुनेछन् । विगत वर्षमा भने गोसाइँकुण्डबाट धुञ्चेसम्म दौड आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित