भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, ओली र मोदीको जनकपुरमा भेट

१८ बैशाख २०७५, मंगलवार २२:५८ मा प्रकाशित

काठमाडौँ, १८ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्धारित वैशाख २८ देखिको नेपालको औपचारिक भ्रमणका क्रममा उहाँ भारतको पटनाबाट सीधै जनकपुर आउनुहुने भएको छ ।

सो दिन मोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुने, त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्ने र त्यसपछि धार्मिकस्थल जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा रामायण परिपथको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

परिपथको उद्घाटनपछि प्रधानमन्त्री ओली काठमाडौँ फर्कने र भारतीय प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा सरिक हुनेछन । मोदीको भ्रमणको विस्तृत कार्यतालिका परराष्ट्र मन्त्रालयबाट सार्वजनिक हुन भने बाँकीनै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।