दुर्गम गाउँमा सूचना केन्द्र

५ श्रावण २०६९, शुक्रबार १३:०४ मा प्रकाशित

गोरखा, ५ साउन । जिल्लाको दुर्गम गाउँ विकास समिति गुम्दामा आज ग्रामीण सूचना केन्द्र स्थापना गरिएको छ ।
हिमाली सूचना केन्द्रको प्राविधिक सहयोगमा तीन थान कम्प्युटरसहितको सूचना केन्द्रको स्थापना गरिएको म्याङलुङ खोला लघुजलविद्युत् आयोजनाका अध्यक्ष भीमप्रसाद गुरुङले जानकारी दिनुभयो । सूचना केन्द्रमा इन्टरनेट सुविधासमेत रहेको र यसले देशमा भइरहेका गतिविधिबारे जानकारी लिन सहयोग पुग्ने स्थानीय शिक्षक लोकबहादुर गुरुङले बताउनुभयो ।
आज बिहान भएको कार्यक्रममा म्याङलुङ खोला लघुजलविद्युत आयोजनाका अध्यक्ष गुरुङले केन्द्रको उद्घाटन गर्नुभएको हो । स्थानीय गतिविधिबारे जानकारी दिन र देशविदेशमा भएका गतिविधिबारे जानकारी लिन कम्प्युटरबाट सहयोग पुग्ने भन्दै स्थानीवासी खुसी भएका छन् । केन्द्रमा तीनथान कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनलगायतका सामग्री  छन् । यसको व्यवस्थापन र संरक्षण गर्ने जिम्मा स्थानीयवासीलाई दिइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले

काठमाडौँ । समाजिल सञ्जाल ट्वीटरले आफूविरुद्धको मुद्धा मिलाउन ८०९.५ मिलियन डलरको प्रस्ताव गरेको छ । आफुविरुद्ध लामो समयदेखि जारी रहेको

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक

नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा