निशाना छापका सर्जकलाई ‘भवानी पदमा’ पुरस्कार

१७ बैशाख २०७५, सोमबार २३:२३ मा प्रकाशित

दमक, १७ वैशाख । गणतन्त्र नेपालको निशाना छापका सर्जक हिमालय गौतमलाई ‘भवानी पदमा’ पुरस्कारबाट सम्मान गरेकोे छ ।

झापा दमक–१० आमबाडीस्थित गौतम कुल वंश प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उहाँलाई सो पुरस्कारबाट सम्मानित गरेको हो ।

सो पुरस्कारका संरक्षक ८६ वर्षीय पण्डित भवानीप्रसाद गौतमले उहाँलाई पुरस्कार राशि, दोसल्ला र टोपी लगाइदिएर सम्मान गर्नुभएको छ । पुरस्कारको राशि रु १० हजार नगदसहित सम्मानपत्र रहेको छ ।

सर्जक गौतमले गणतन्त्र नेपालको निशाना छाप बनाउनुभएको थियो । त्यस्ता प्रतिभाको सिर्जनालाई थप प्रोत्साहित दिन सो पुरस्कार प्रदान गरिएको पुरस्कारका संस्थापक तोया गौतमले बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नारायणप्रसाद गौतम, पंण्डित काशीनाथ हरिप्रया कट्टेल र वाङ्मय प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद कट्टेललगायतले पुरस्कारको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो