मुस्लिम संघको अध्यक्षमा अब्दुल सतार

१७ बैशाख २०७५, सोमबार २२:२४ मा प्रकाशित

काठमाडौँ, १७ वैशाख । नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले अब्दुल सतारको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यही वैशाख १५ र १६ गते काठमाडौँमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा मोहम्मद निजामुद्दीन, उपाध्यक्षमा कौशर शाहलगायत नौ जना, महासचिवद्वयमा मुक्तार अहमद र रहमदुल्ला मियाँ सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

महाधिवेशनमा ४३ जिल्लाबाट ४०० भन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता थियो ।

संघले मुस्लिम संवैधानिक आयोग गठन गर्न, मद्रसा शिक्षाको सरकारी मान्यता तथा समकक्षता निर्धारण, मस्जिद, मद्रसा, इदगाह, कव्रास्थानलगायत सांस्कृतिक तथा धार्मिक स्थलको सरकारद्वारा संरक्षण र सम्बद्र्धन गर्न माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्