नेपाली क्रिकेटर अनिल इलाइट क्रिकेट खेल्न सिंगापुरतर्फ

१६ बैशाख २०७५, आईतवार २२:१९ मा प्रकाशित

काठमाडौँ, १६ वैशाख । दोस्रो संस्करणको इलाइट क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाह सिंगापुर जाँदैछन् ।

यही वैशाख १८ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टोलीबाट सहभागिता जनाउनेछन् । उनको सम्पूर्ण खर्च सिंगापुर क्रिकेट एशोसिएशनले व्यहोर्ने क्रिकेट प्लेयर्स एशोसिएशन नेपाल (सिप्यान)ले जनाएको छ । सिप्यानले सिंगापुर क्रिकेट एशोसिएशन सँगको सहकार्यमा अनिललाई खेल्ने व्यवस्था मिलाएको हो ।

प्रतियोगितामा क्रिमसन टोलीसँगै क्रेससेन्ट र स्टार्स गरी तीन टोलीको सहभागिता रहनेछ । डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछ ।

एपिएफ क्लबमा आबद्व अनिल आज राति नै त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले

रोम । इन्टरमिलान एघार वर्षपछि इटालियन सिरि-ए च्याम्पियन बनेको छ । हिजो साँझ एट्लान्टाले सासुओलासँग १-१ गोलको बराबरी खेलेपछि इन्टरको

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा गएराति भएको रोमान्चक खेलमा